Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

खबरडबली संवाददाता

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’ ध्यानाकर्षण गराएका छन्।

महासचिव गुटेर्रेसले लन्डनको मेथोडिस्ट सेन्ट्रल हलमा यस्तो चेतावनी दिएका हुन्। महासभाको पहिलो सत्रका लागि सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरू भेला भएका थिए।

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय अझै निर्माण नभएकाले उनीहरूले लन्डनमा बैठक गरेका हुन् ।

महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको निर्माणमा बेलायतको निर्णायक भूमिका निर्वाह गरेकोमा प्रशंसा गरे ।

उनले सन् २०२५ अन्तर्राष्ट्रिय सहयोग र संयुक्त राष्ट्रसङ्घको मूल्यमान्यताका लागि निकै चुनौतीपूर्ण वर्ष भएको बताए ।

“हामी देख्छौँ, शक्तिराष्ट्रहरू विश्वव्यापी सहयोगलाई कमजोर पार्न लाइनमा छन्।” उनले भने, हामी समस्याका बाबजुद् पनि अघि बढ्छौँ ।

गुटेर्रेसले समुद्री जैविक विविधतासम्बन्धी नयाँ सन्धिलाई निरन्तर प्रगतिको उदाहरणका रूपमा उद्धृत गरे ।

यो सन्धिले राष्ट्रिय सीमाभन्दा बाहिर रहेका दुई तिहाइ महासागरमा समुद्री विविधताको संरक्षण र दिगो प्रयोगका लागि पहिलो कानुनी ढाँचा स्थापना गरेको छ ।

उनले भने, “युद्ध रोकिएका, भोकमरी अन्त्य भएका र महत्त्वपूर्ण सन्धिहरू अन्तर्राष्ट्रिय सहयोगका यी शान्त विजयहरू सधैँ समाचारका प्रमुख बिषय बन्दैनन् तर तिनीहरू वास्तविक छन् र महत्त्वपूर्ण छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

राष्ट्रियसभाको अधिवेशन आजदेखि

काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending