काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका शाखा अधिकृत भोला महतोले शनिबार विज्ञप्ति जारी गरी तोकिएको शैक्षिक सत्र (वर्ष) भित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारी कार्यान्वयनमा अवरोध हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन् ।
कुनै समस्या र असहमति भए वार्ता एवं संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न विद्यार्थी, शुभचिन्तक र सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
“शैक्षिक तथा प्राज्ञिक निकायमा हुने तालाबन्दी, हडताल, आगजनी र तोडफोडलगायत गैरप्राज्ञिक गतिविधिले शैक्षिक पात्रोको कार्यान्वयनमा गम्भीर असर परेको छ । तोकिएको शैक्षिक सत्र (वर्ष) भित्र विद्यार्थीले उपाधि प्राप्त गर्न नसकेमा विद्यार्थीले थप समय र लगानी खर्चनु पर्दछ”, विज्ञप्तिमा भनिएको छ, “अतः विश्वविद्यालयको उच्च प्राज्ञिक निकाय प्राज्ञिक परिषद्बाट निर्णय भइसकेको पात्रोअनुसार कुनै पनि तहको पुनः प्रवेश परीक्षाको प्रावधान नभएको बेहोरा जानकारी गराइन्छ ।”
त्रिविले परीक्षा व्यवस्थापनअन्तर्गत रजिस्ट्रेसन, कक्षा सञ्चालन, परीक्षा फाराम सङ्कलन तथा व्यवस्थापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनलगायत शैक्षिक पात्रो कार्यान्वयनको महत्त्वपूर्ण पक्ष रहेको स्मरण गराएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...
माघ ५ गते, २०८२ - ०७:३०
गुण्डा नाइके चक्रे मिलनलाई दियो टिकट
माघ ५ गते, २०८२ - ०७:१८
काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनज...
माघ ५ गते, २०८२ - ०७:१५
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका शाखा...
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...




प्रतिकृया लेख्नुहोस्: