Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

को हुन् रञ्जित तामाङ ? जो झापा–५ बाट नेकपाका उम्मेदवार बन्दै छन्

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट रञ्जित तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षसमेत रहेका तामाङ पछिल्लो समय पार्टीभित्र उदाउँदै गरेका युवा नेताका रूपमा चिनिँदै आएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट चुनावी अनुमति प्राप्त गरेको भिडियो सार्वजनिक गर्दै तामाङले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन् । भिडियोमा उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टी नेतृत्वबाट शुभकामनासहित अनुमति पाएको उल्लेख गर्दै झापा–५ का मतदातालाई चुनाव चिन्ह ‘तारा’ मा मतदान गर्न आग्रह गरेका छन् ।

विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म

रञ्जित तामाङको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । अखिल (क्रान्तिकारी) को नेतृत्व सम्हाल्दा उनी संगठन विस्तार, आन्दोलन तथा वैचारिक प्रशिक्षणमा सक्रिय देखिएका थिए । विद्यार्थी राजनीतिमा रहँदा तामाङले शैक्षिक सुधार, समान पहुँच र राज्य संरचनामा युवाको भूमिकालाई प्राथमिक मुद्दा बनाउँदै आएका थिए ।

नेकपाको रणनीतिक उम्मेदवार

झापा–५ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ । यस क्षेत्रबाट ओली पुनः उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला नेकपाले तामाङलाई मैदानमा उतार्नु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । विश्लेषकहरूका अनुसार तामाङको उम्मेदवारीले युवामाझ सन्देश दिने र वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने नेकपाको रणनीतिलाई संकेत गर्छ ।

के भन्छन् तामाङ ?

उम्मेदवारी घोषणा गर्दै तामाङले झापा–५ लाई परिवर्तन र वैकल्पिक राजनीतिको केन्द्र बनाउने दाबी गरेका छन् । उनले जनजीविका, रोजगारी, सुशासन र युवाको भविष्य आफ्नो प्रमुख एजेन्डा हुने बताएका छन् । “झापा–५ मा परम्परागत राजनीतिभन्दा फरक, जनताको पक्षमा बोल्ने र लड्ने प्रतिनिधित्व आवश्यक छ,” तामाङको भनाइ छ ।

आगामी निर्वाचनमा सशक्त प्रतिस्पर्धा हुने अनुमान गरिएको झापा–५ मा रञ्जित तामाङको उम्मेदवारीले राजनीतिक समीकरण कति परिवर्तन गर्छ, त्यो भने मत परिणामले नै स्पष्ट गर्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेस प्रवेशसँगै बालेनको चर्चा, त्रासमा मधेस केन्द्रित दल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तय...

जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा ...

एक–दुई दिनमै कांग्रेस एक ठाउँमा आउँछ, देउवाबाट ‘संरक्षक’ काे भूमिका अपेक्षा गरेका छाैं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद अब अन्त्यतर्फ उन्मुख रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा आउन आ...

नौ वर्षमा भरतपुरको कायापलट, रेनु दाहालको ऐतिहासिक विदा

चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फ...

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...

एक्लिँदै देउवा : एकै दिनमा शीर्ष नेताहरूले तोडे साथ, नयाँ नेतृत्वतर्फ आकर्षण

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै शेरबहादुर देउवा झन् एक्लिँदै जान थालेका छन् । आफैंले कार्य...

बडीमालिकामा छतबाट खस्दा वृद्धाको मृत्यु

काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–९ गैरीबजारमा आफ्नै घरको छतबाट खस्दा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक...

को हुन् रञ्जित तामाङ ? जो झापा–५ बाट नेकपाका उम्मेदवार बन्दै छन्

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट रञ्जित तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरे...

झापाको पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्व...

देउवा पक्षको बैठकमा शेखर समुह सहभागी नहुने

काठमाडौँ । नेपाली कांग्रेसबाट विभाजित बनेको देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइरालाको समूह अनुपस्थित हुने भएको छ । सानेपास्थित पार्टी कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending