Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

झापाको पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

खबरडबली संवाददाता

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

झापा निर्वाचन क्षेत्र नं ३ को निर्वाचनसमेत हेर्ने गरी जिल्ला समन्वय समिति झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

झापा जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेल छन् । जिल्लाका अरु चार वटा निर्वाचन क्षेत्रमा समेत निर्वाचन अधिकृतको कार्यालय शनिबार स्थापना भइसकेको छ ।

क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ । उक्त क्षेत्रमा गोपी विश्वकर्मा निर्वाचन अधिकृत र टेकबहादुर श्रेष्ठ सहायक निर्वाचन अधिकृत रहेका छन् ।

यसै गरी, अर्जुनधारा नगरपालिकाको कार्यालयमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्षेत्रमा निर्वाचन अधिकृतको रूपमा महेश खत्री र सहायक निर्वाचन अधिकृतको रूपमा शुक्रराज वान्तवा ररेका छन् । 

झापा निर्वाचन क्षेत्र नं ४ को निर्वाचन अधिकृतको कार्यालय कनकार्य नगरपालिका–१ स्थित तुरसा हेमरम प्रतिष्ठानको कार्यालयमा राखिएको छ । सो क्षेत्रको निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेल र सहायक निर्वाचन अधिकृत क्षेत्रनाथ शर्मा हुन् ।

निर्वाचन क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय दमक नगरपालिका–८ स्थित अर्ग्यानिक कृषि केन्द्रको भवनमा स्थापना गरिएको छ । यस क्षेत्रको निर्वाचन अधिकृत विदुरकुमार कार्की र सहायक निर्वाचन अधिकृत जीतबहादुर श्रेष्ठ रहेका छन् । 

मुख्य निर्वाचन अधिकृत लुइँटेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलसहित सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे  । झापामा २८५ वटा मतदानस्थल र ८१५ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताए । उनका अनुसार जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । कूल मतदातामध्ये महिला तीन लाख ५५ हजार १८३, पुरुष तीन लाख ५८ हजार ३४६ र अन्य आठ जना रहेको उनको भनाइ छ ।

जिल्लामा विसं २०७९ को प्रतिनिधिसभा चुनावको तुलनामा यस पटक ४९ मतदान केन्द्र र ५० हजार २२६ जना मतदाता थप भएकोसमेत उनले जानकारी दिए  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

माओवादीबाट जितेका रास्वपामा लागेका उपाध्यक्षको पद धरापमा, आयोगमा पुग्यो पत्र

अध्यक्षले कार्यभारसमेत दिएनन्

सहरका खुला ठाउँमा बढ्दो विकृति : पार्कदेखि खाली जग्गासम्म दुर्व्यसनीको कब्जामा

दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क

‘जहाज हल्लिँदैमा दुर्घटना हुँदैन, सरकारको उडान गन्तव्यमा पुर्‍याउँछौं’ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्‍याएरै छाड्ने प्र...

बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...

तीजमा गुञ्जिँदैछ ‘तीजको रहर आयो बरिलै’, दीपा नारायण झाको एकल सांगीतिक साँझ

काठमाडौं । तीजको मौलिकता र नेपाली सांगीतिक संस्कृतिलाई केन्द्रमा राख्दै वरिष्ठ गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम हुने भएको छ। ‘तीजको र...

२२ वर्षपछि गायनमा फर्किइन् संगीता भण्डारी, ‘रानीहार’मार्फत तीजमा नयाँ सुरुवात

काठमाडौं । हरितालिका तीज आउन करिब पाँच साता बाँकी रहँदा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको रौनक सुरु भइसकेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ व...

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending