Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

खबरडबली संवाददाता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार्तापछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल सरकारका तर्फबाट वार्ता समितिका संयोजक तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र महाअभियानका तर्फबाट अभियानका संयोजक दुर्गा प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

महाअभियानले गत कात्तिक २६ गते गृह मन्त्रालयमा २७ बुँदे मागपत्र दर्ता गराएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको छलफलमा प्रसाईं समूहका तर्फबाट माधवप्रसाद खतिवडाले मागपत्र बुझाएका थिए । त्यसयता विभिन्न चरणमा वार्ता भएपछि सहमतिमा पुगेको बताइएको छ ।

महाअभियानले बुझाएको मागपत्रमा संविधान खारेजदेखि राजसंस्था पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहा लगायतका विषय समेटिएका छन् ।

मागपत्रको पहिलो बुँदामा ‘नेपाल नेपालीले नै बनाउने र नेपालभित्रको व्यापार व्यवसाय नेपालीले नै गर्न पाउने वातावरण सिर्जना गरिनुपर्ने’ उल्लेख छ । त्यसैगरी संविधान खारेज गरी बौद्ध–किराँतसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य स्थापना तथा संवैधानिक राजसंस्थाको पुनर्स्थापना गर्नुपर्ने माग गरिएको छ । यी विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै हालको संघीय संरचना खारेज गरी पुरानै ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्नुपर्ने माग राखिएको छ । बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिममा परेको रकम छुट्याएर बैंक र व्यवसायीलाई अलग–अलग व्यवस्थापन गर्नुपर्ने प्रस्ताव पनि मागपत्रमा समेटिएको छ ।

सम्झौतामा २७ बुँदे मागका विषयमा चरणबद्ध छलफल, अध्ययन र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ । यद्यपि सम्झौतामा सबै माग तत्काल कार्यान्वयन हुने वा नहुने विषयमा स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच भएको यो सम्झौतापछि केही समयदेखि जारी आन्दोलन र दबाबका कार्यक्रम स्थगित हुने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खारेज भएका उम्मेदवारको चिह्नमा मत नहाल्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...

दोलखामा सुरक्षा कडा, शान्तिपूर्ण मतदानको तयारी

  दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...

सिरहाको गोलबजारमा दुई पक्षबीच झडप, तीन घाइते

जनकपुरधाम ।  सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...

मतदान केन्द्रमा खटिएका कर्मचारी नै पक्राउ परेपछि‍‍‍‍....

विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...

शान्तिपूर्ण निर्वाचनमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...

चुनावी मैदानमा भए पनि आफ्नै भोटबाट वञ्चित भए यी पाँच नेता

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...

अफगानिस्तानमा हरित क्षेत्र विस्तारको नयाँ कार्यक्रम

काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...

लेबनान सीमामा द्वन्द्व बढ्दै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE