Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

खबरडबली संवाददाता

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभा निर्वाचनमा भने माओवादीका विश्वदीप लिङ्देनसँग हारेका ओलीले अब २१ फागुनको चुनावमा पनि झापा ५ नै रोजे भने रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र  शाह (बालेन)सँग भिड्नुपर्ने संकेत देखिएको छ ।

गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर सानदार मतसहित मेयरमा निर्वाचित बालेनले झापा ५ बाटै उम्मेदवारी दिने तयारी गरिसकेका छन् । सोमबार मात्रै झापाका केही अभियन्ता, जेन–जीलगायत स्थानीयले बालेनलाई भेटेका थिए । त्यसक्रममा उनले आफू झापा ५ बाटै निर्वाचन लड्ने भन्दै दमक क्षेत्रमा डेरा खोज्न भनेको र पार्किङसहितको दुईतले घर खोजी भइरहेको स्रोतले बतायो ।

सोमबार बालेनलाई भेटेका दमकका अभियन्ता सन्तोष दुलालले पनि उनले झापा ५ बाट उम्मेदवारी दिने पुष्टि गरे । ‘बालेनसँग सोमबार करिब एक घण्टा कुराकानी भयो । उहाँ झापा ५ बाट निर्वाचन लड्न तयार हुनुहुन्छ । हामीलाई तलको सबै तयारी थाल्नुस् भन्नुभएको छ । सबै प्रकारका व्यवस्थापनमा लाग्न र रास्वपा कार्यकर्तासँग छलफल गर्न भन्नुभएको छ । झापा ५ का नागरिकले परिवर्तनको पक्षमा लागेको आइकनलाई उम्मेदवार पाउने भयो,’ उनले भने, ‘भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको व्यक्ति आफ्नो क्षेत्रमा उम्मेदवार बन्ने कुराले उत्साहित छौँ ।’

निकट स्रोतका अनुसार ४ माघमा मेयरबाट राजीनामा दिएर बालेन चुनावमा होमिनेछन् । ५ माघमा जनकपुरमा हुने रास्वपा मधेश प्रदेश समितिको विस्तारित भेलामा सभापति रवि लामिछानेसँगै सहभागी हुनेछन् । प्रदेशका पदाधिकारी, सदस्य, आठै जिल्लाका सभापति सहभागी हुने उक्त भेलालाई रवि र बालेनले सम्बोधन गर्नेछन् । उक्त कार्यक्रममा बालेन मधेशकै पहिरनमा देखिने र मैथली भाषामा भाषण गर्ने उनीनिक एक नेताले बताए । सोही दिन उनी महोत्तरीस्थित पुख्र्यौली घर जाने तयारी पनि छ । त्यसपछि रविसँगै दमक आएर ६ माघमा प्रतिनिधिसभा निर्वाचनका लागि झापा ५ बाट बालेनले उम्मेदवारी दिने स्रोत बताउँछ । 

बालेनका स्वकीय सचिव भूपदेव शाहले ४ माघमा राजीनामा दिएर मधेश जाने तयारी भइरहेको भन्दै पार्टीले गर्ने औपचारिक निर्णयका आधारमा उम्मेदवारी घोषणा हुने बताए । ‘४ माघमा राजीनामा दिने र त्यसपछि पार्टी कार्यालय घन्टीघर जाने कार्यक्रम छ । ५ माघमा मधेश जाने कुरा चलिरहेको छ,’ उनले भने, ‘उम्मेदवारी घोषणाका विषयमा विभिन्न हिसाबले तयारी चलिरहेका छन्, त्यो पार्टीले निर्णय गर्ने विषय हो ।’ 

झापा ५ का मतदातासमेत रहेका जेन–जी फ्रन्टका प्रवक्ता एवं अधिवक्ता यतिश ओझा बालेनको उम्मेदवारीसँगै जेन–जी आन्दोलनलाई संस्थागत गर्ने विश्वास लिएको बताउँछन् । ‘झापा ५ मा यसअघि केपी ओली निर्वाचन लड्दा प्रधानमन्त्री चाहिएको एउटा इमोसन थियो । ओली प्रधानमन्त्री हुन्छन्, अरूलाई किन मत दिने भन्ने आकर्षणले काम गथ्र्यो । अब बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर यहाँ चुनाव लड्न आउन लाग्दा उत्साह छ । तर, पहिलाजस्तो सामान्य छान्ने कि प्रधानमन्त्री भन्ने अवस्था भने छैन,’ उनले भने, ‘बालेन झापा आउनुलाई आन्दोलनको म्यान्डेटस्वरूप अपराधी हराउँछु भन्ने कदमका रूपमा पनि लिएका छौँ । यसले जेन–जी आन्दोलनलाई पनि संस्थागत गर्नेछ भन्ने विश्वास छ । जेन–जी आन्दोलनपछि त यहाँका युवाहरूले ओलीलाई अस्वीकार गर्ने मत राखेकै छन् । बालेनले परिवर्तनलाई नेतृत्व दिन सक्ने भएकाले उत्साहित छौँ ।’ 

सहरी क्षेत्र दमकसमेत समेटिने झापा ५ मा एमालेले अध्यक्ष ओलीलाई एकल सिफारिस गरेको छ । ०७९ को निर्वाचनमा भर्खर–भर्खर उदाएको रास्वपाले सुरेशकुमार पोखरेललाई उम्मेदवार बनाएर ११ हजार ७५९ मत ल्याएको थियो । राप्रपासँग गठबन्धन गरेर ५२ हजार ३१९ मत ल्याउँदै ओली विजयी भएका थिए । दोस्रो बनेका कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए । समानुपातिकतर्फ भने रास्वपाले प्रत्यक्षमा भन्दा झन्डै सात हजार बढी अर्थात् १८ हजार २०५ मत ल्याएको थियो । विगतमा जित निकालेकै आधारमा झापा ५ लाई एमाले वा ओलीको गढका रूपमा चर्चा पनि गरिन्छ । तर, राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेल त्यसलाई खारेज गर्छन् । 

‘विगतको निर्वाचनलाई हेर्दा पनि ओली डराएको देखिन्छ । उनी आफू सुरक्षित हुन ०७४ र ०७९ को निर्वाचनमा राप्रपासँग तालमेल गरेको देखिन्छ । ०७४ मा देशभर राप्रपा शून्य हुँदा पनि ओलीले आफू सुरक्षित हुन झापा ३ छाडेको ठाउँमा राप्रपाका राजेन्द्र लिङ्देनले जितेका थिए,’ पोखरेलले भने, ‘त्यसैले झापा ५ लाई एमालेको गढ हो भनेर हेर्नुपर्ने अवस्था छैन ।’ 

बालेन झापा ५ बाट चुनाव लड्न खोजेको हो भने अनुसन्धान गरेरै र मतदाताको मनोविज्ञान बुझेरै जान लागेको अनुमान पोखरेलको छ । ‘काठमाडौंको मेयरमा प्रतिस्पर्धा गर्दा बालेन चिनिएका थिएनन् । तर, अनुसन्धान गरेर, मतदाताको मनोविज्ञान बुझेर, टिम परिचालन गरेर निर्वाचन लडेका थिए । कांग्रेस–एमालेको गढमा प्रवेश गरेर छोराछोरीमार्फत पनि बुवाआमाको मत लिएका थिए,’ उनी भन्छन्, ‘झापामा पनि अनुसन्धान गरेर, बुझेर नै चुनाव लड्न आँटेको हुनुपर्छ । प्रत्येक घरमा जेन–जी छन् । यहाँ भए पनि, विदेशमा भए पनि उनीहरूले प्रभाव पार्ने अवस्था छ । प्रधानमन्त्रीको उम्मेदवार हार्ने ठाउँमा उठ्दैनन्, पार्टीले पनि उठाउँदैन । बालेन झापा ५ मा उठ्ने हो भने राम्रै प्रतिस्पर्धा हुने देखिन्छ । 

अर्को विश्लेषक डा. दीपेश घिमिरेको विश्लेषण पनि पोखरेलकै जस्तो छ । सहरी क्षेत्र दमकलाई समेत समेट्ने झापा ५ लाई रिर्सच गरेर नै बालेनले रोजेको हुन सक्ने उनको बुझाइ छ । ‘बालेनले झापा ५ नै रोज्नुहुन्छ भने पूर्वप्रधानमन्त्री (केपी ओली)लाई रिङआउट गर्न चाहानुहुन्छ भन्ने बुझिन्छ । उहाँसँगै चुनाव लडेर आउने अति आत्मविश्वासले काम गरेको हुनुपर्छ,’ घिमिरे भन्छन्, ‘दमक सहरी भूभाग पनि हो । बालेनले केही न केही रिसर्च गरेर नै रोजेको हुनुपर्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending