Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

खबरडबली संवाददाता

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभा निर्वाचनमा भने माओवादीका विश्वदीप लिङ्देनसँग हारेका ओलीले अब २१ फागुनको चुनावमा पनि झापा ५ नै रोजे भने रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र  शाह (बालेन)सँग भिड्नुपर्ने संकेत देखिएको छ ।

गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर सानदार मतसहित मेयरमा निर्वाचित बालेनले झापा ५ बाटै उम्मेदवारी दिने तयारी गरिसकेका छन् । सोमबार मात्रै झापाका केही अभियन्ता, जेन–जीलगायत स्थानीयले बालेनलाई भेटेका थिए । त्यसक्रममा उनले आफू झापा ५ बाटै निर्वाचन लड्ने भन्दै दमक क्षेत्रमा डेरा खोज्न भनेको र पार्किङसहितको दुईतले घर खोजी भइरहेको स्रोतले बतायो ।

सोमबार बालेनलाई भेटेका दमकका अभियन्ता सन्तोष दुलालले पनि उनले झापा ५ बाट उम्मेदवारी दिने पुष्टि गरे । ‘बालेनसँग सोमबार करिब एक घण्टा कुराकानी भयो । उहाँ झापा ५ बाट निर्वाचन लड्न तयार हुनुहुन्छ । हामीलाई तलको सबै तयारी थाल्नुस् भन्नुभएको छ । सबै प्रकारका व्यवस्थापनमा लाग्न र रास्वपा कार्यकर्तासँग छलफल गर्न भन्नुभएको छ । झापा ५ का नागरिकले परिवर्तनको पक्षमा लागेको आइकनलाई उम्मेदवार पाउने भयो,’ उनले भने, ‘भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको व्यक्ति आफ्नो क्षेत्रमा उम्मेदवार बन्ने कुराले उत्साहित छौँ ।’

निकट स्रोतका अनुसार ४ माघमा मेयरबाट राजीनामा दिएर बालेन चुनावमा होमिनेछन् । ५ माघमा जनकपुरमा हुने रास्वपा मधेश प्रदेश समितिको विस्तारित भेलामा सभापति रवि लामिछानेसँगै सहभागी हुनेछन् । प्रदेशका पदाधिकारी, सदस्य, आठै जिल्लाका सभापति सहभागी हुने उक्त भेलालाई रवि र बालेनले सम्बोधन गर्नेछन् । उक्त कार्यक्रममा बालेन मधेशकै पहिरनमा देखिने र मैथली भाषामा भाषण गर्ने उनीनिक एक नेताले बताए । सोही दिन उनी महोत्तरीस्थित पुख्र्यौली घर जाने तयारी पनि छ । त्यसपछि रविसँगै दमक आएर ६ माघमा प्रतिनिधिसभा निर्वाचनका लागि झापा ५ बाट बालेनले उम्मेदवारी दिने स्रोत बताउँछ । 

बालेनका स्वकीय सचिव भूपदेव शाहले ४ माघमा राजीनामा दिएर मधेश जाने तयारी भइरहेको भन्दै पार्टीले गर्ने औपचारिक निर्णयका आधारमा उम्मेदवारी घोषणा हुने बताए । ‘४ माघमा राजीनामा दिने र त्यसपछि पार्टी कार्यालय घन्टीघर जाने कार्यक्रम छ । ५ माघमा मधेश जाने कुरा चलिरहेको छ,’ उनले भने, ‘उम्मेदवारी घोषणाका विषयमा विभिन्न हिसाबले तयारी चलिरहेका छन्, त्यो पार्टीले निर्णय गर्ने विषय हो ।’ 

झापा ५ का मतदातासमेत रहेका जेन–जी फ्रन्टका प्रवक्ता एवं अधिवक्ता यतिश ओझा बालेनको उम्मेदवारीसँगै जेन–जी आन्दोलनलाई संस्थागत गर्ने विश्वास लिएको बताउँछन् । ‘झापा ५ मा यसअघि केपी ओली निर्वाचन लड्दा प्रधानमन्त्री चाहिएको एउटा इमोसन थियो । ओली प्रधानमन्त्री हुन्छन्, अरूलाई किन मत दिने भन्ने आकर्षणले काम गथ्र्यो । अब बालेनलाई भावी प्रधानमन्त्री घोषणा गरेर यहाँ चुनाव लड्न आउन लाग्दा उत्साह छ । तर, पहिलाजस्तो सामान्य छान्ने कि प्रधानमन्त्री भन्ने अवस्था भने छैन,’ उनले भने, ‘बालेन झापा आउनुलाई आन्दोलनको म्यान्डेटस्वरूप अपराधी हराउँछु भन्ने कदमका रूपमा पनि लिएका छौँ । यसले जेन–जी आन्दोलनलाई पनि संस्थागत गर्नेछ भन्ने विश्वास छ । जेन–जी आन्दोलनपछि त यहाँका युवाहरूले ओलीलाई अस्वीकार गर्ने मत राखेकै छन् । बालेनले परिवर्तनलाई नेतृत्व दिन सक्ने भएकाले उत्साहित छौँ ।’ 

सहरी क्षेत्र दमकसमेत समेटिने झापा ५ मा एमालेले अध्यक्ष ओलीलाई एकल सिफारिस गरेको छ । ०७९ को निर्वाचनमा भर्खर–भर्खर उदाएको रास्वपाले सुरेशकुमार पोखरेललाई उम्मेदवार बनाएर ११ हजार ७५९ मत ल्याएको थियो । राप्रपासँग गठबन्धन गरेर ५२ हजार ३१९ मत ल्याउँदै ओली विजयी भएका थिए । दोस्रो बनेका कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए । समानुपातिकतर्फ भने रास्वपाले प्रत्यक्षमा भन्दा झन्डै सात हजार बढी अर्थात् १८ हजार २०५ मत ल्याएको थियो । विगतमा जित निकालेकै आधारमा झापा ५ लाई एमाले वा ओलीको गढका रूपमा चर्चा पनि गरिन्छ । तर, राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेल त्यसलाई खारेज गर्छन् । 

‘विगतको निर्वाचनलाई हेर्दा पनि ओली डराएको देखिन्छ । उनी आफू सुरक्षित हुन ०७४ र ०७९ को निर्वाचनमा राप्रपासँग तालमेल गरेको देखिन्छ । ०७४ मा देशभर राप्रपा शून्य हुँदा पनि ओलीले आफू सुरक्षित हुन झापा ३ छाडेको ठाउँमा राप्रपाका राजेन्द्र लिङ्देनले जितेका थिए,’ पोखरेलले भने, ‘त्यसैले झापा ५ लाई एमालेको गढ हो भनेर हेर्नुपर्ने अवस्था छैन ।’ 

बालेन झापा ५ बाट चुनाव लड्न खोजेको हो भने अनुसन्धान गरेरै र मतदाताको मनोविज्ञान बुझेरै जान लागेको अनुमान पोखरेलको छ । ‘काठमाडौंको मेयरमा प्रतिस्पर्धा गर्दा बालेन चिनिएका थिएनन् । तर, अनुसन्धान गरेर, मतदाताको मनोविज्ञान बुझेर, टिम परिचालन गरेर निर्वाचन लडेका थिए । कांग्रेस–एमालेको गढमा प्रवेश गरेर छोराछोरीमार्फत पनि बुवाआमाको मत लिएका थिए,’ उनी भन्छन्, ‘झापामा पनि अनुसन्धान गरेर, बुझेर नै चुनाव लड्न आँटेको हुनुपर्छ । प्रत्येक घरमा जेन–जी छन् । यहाँ भए पनि, विदेशमा भए पनि उनीहरूले प्रभाव पार्ने अवस्था छ । प्रधानमन्त्रीको उम्मेदवार हार्ने ठाउँमा उठ्दैनन्, पार्टीले पनि उठाउँदैन । बालेन झापा ५ मा उठ्ने हो भने राम्रै प्रतिस्पर्धा हुने देखिन्छ । 

अर्को विश्लेषक डा. दीपेश घिमिरेको विश्लेषण पनि पोखरेलकै जस्तो छ । सहरी क्षेत्र दमकलाई समेत समेट्ने झापा ५ लाई रिर्सच गरेर नै बालेनले रोजेको हुन सक्ने उनको बुझाइ छ । ‘बालेनले झापा ५ नै रोज्नुहुन्छ भने पूर्वप्रधानमन्त्री (केपी ओली)लाई रिङआउट गर्न चाहानुहुन्छ भन्ने बुझिन्छ । उहाँसँगै चुनाव लडेर आउने अति आत्मविश्वासले काम गरेको हुनुपर्छ,’ घिमिरे भन्छन्, ‘दमक सहरी भूभाग पनि हो । बालेनले केही न केही रिसर्च गरेर नै रोजेको हुनुपर्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending