दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्री बनाउने चटारो परेको हो।
जानकी मात्र होइन, तुलसीपुर–१० बनकाउकी विझौनी थारू लगायत यतिबेला दाङका थारू बस्तीका हरेक घरमा महिलाहरू ढिक्री बनाउन भ्याइनभ्याइ अवस्थामा छन्। थारू समुदायले हरेक चाडपर्वमा ढिक्रीलाई मुख्य परिकारका रूपमा लिने गर्छन्, जसलाई विशेषगरी सुँगुरको मासु, माछा र घोँगीसँग स्वाद लिई खाने प्रचलन छ।
चामलको पीठोबाट तयार पारिने ढिक्री बनाउने आफ्नै मौलिक तरिका छ। चामलको पीठोलाई पानीले मुछेर विभिन्न आकार दिने गरिन्छ। माघीका लागि विशेषगरी लाम्चो आकारको ढिक्री बनाइने भए पनि दसैँमा गोलो र तिहारमा दियो जस्तो चेप्टो आकार दिने परम्परा छ। यसरी तयार पारिएको पीठोको आकारलाई पानीको बाफमा करिब आधा घण्टासम्म उसिनेपछि खानका लागि योग्य हुन्छ।
स्वास्थ्यका दृष्टिकोणले पनि ढिक्रीलाई निकै उत्तम परिकार मानिन्छ। तेल वा चिल्लो पदार्थ र चिनीको प्रयोग नहुने भएकाले यसले शरीरलाई हानि गर्दैन। उसिनेर तयार पारिने यो शुद्ध परिकार खाँदा मानिसको आयु बढ्ने पौराणिक मान्यता समेत थारू समुदायमा रहिआएको छ। माघी नजिकिँदै गर्दा गाउँघरमा ढिक्रीको बास्ना चल्न थालिसकेको छ भने यसले समुदायमा उत्सवको रौनक थपिदिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - ०८:१४
गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहक...
पौष २८ गते, २०८२ - ०७:५६
दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...
पौष २८ गते, २०८२ - ०७:५०
झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ
पौष २८ गते, २०८२ - ०७:३५
काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...
पौष २८ गते, २०८२ - ०७:३०
२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने
पौष २८ गते, २०८२ - ०७:२३
चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...
पौष २८ गते, २०८२ - ०७:१९
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...
पौष २८ गते, २०८२ - ०७:१६
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...
पौष २८ गते, २०८२ - ०७:०६
काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...
पौष २८ गते, २०८२ - ०७:०३
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...




प्रतिकृया लेख्नुहोस्: