भैरहवा। रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गतको एकदिवसीय सिरिजमा रुपन्देही–११ ले उत्कृष्ट प्रदर्शन जारी राखेको छ। सिरिजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब ‘ए’लाई ४९ रनले पराजित गर्दै रुपन्देहीले तीन खेलको सिरिज एक खेल बाँकी छँदै आफ्नो नाममा सुरक्षित गरेको हो।
यसअघि बुधबार भएको पहिलो एकदिवसीय खेलमा पनि रुपन्देहीले आर्मी ‘ए’ लाई ८७ रनले पराजित गरेको थियो। त्यस्तै, प्रतियोगिता सुरु हुनुअघि खेलिएको दुई दिवसीय टेस्ट क्रिकेट पनि रुपन्देही–११ ले नै जितेको थियो।
शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले मौसमका कारण २८ ओभरमा छोट्याइएको खेलमा २६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रनको चुनौती प्रस्तुत गर्यो। टोलीका लागि सन्दीप रजालीले सर्वाधिक ३१ रन जोडे भने विशाल भुसालले २८ रन बनाए। निश्चल ज्ञवालीले १७ रनको योगदान दिए। मिर्नाल गुरुङ र अमर मिश्राले समान १३–१३ रन जोड्दा कृष्ण कार्कीले १२ र विप्रसन केसीले १० रन बनाए।
आर्मी ‘ए’ का लागि बलिङमा पवन कार्कीले ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। अनिश धामीले ३ विकेट लिए भने घनश्याम पाण्डे, पारससिंह धामी र प्रेम गुरुङले समान १–१ विकेट हात पारे।
१५३ रनको लक्ष्य पछ्याएको आर्मी ‘ए’ २५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रनमै सीमित भयो। आर्मीका निर्मल शाहीले अर्धशतक बनाउँदै ५१ रन जोडे भने लक्ष्मण परियारले १६ र प्रदीप पेलाले १५ रन बनाए। तर अन्य ब्याटरहरू असफल हुँदा टोली दबाबमा आयो। आर्मीका पाँच खेलाडी शून्य रनमै आउट भए।
रुपन्देहीका बलरहरू खेलभर हाबी देखिए। कृष्ण कार्कीले ४ विकेट लिए भने विशाल भुसालले ३ विकेट झारे। विप्रसन केसीले २ तथा सागर गैरेले १ विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि कृष्ण कार्की ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै २ हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए।
नेपालमै पहिलोपटक एउटै प्रतियोगितामा दुई टिमबीच तीन फरम्याट—दुई दिवसीय टेस्ट, एकदिवसीय र टी–२०—मा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ। दुई दिवसीय टेस्ट र एकदिवसीय सिरिज सम्पन्न भइसकेपछि टी–२० सिरिज खेलाइने प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए।
प्रतियोगिताका मुख्य प्रायोजक भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठिया हुन्, जसले आफ्ना स्वर्गीय पिता पवनकुमार सेठियाको स्मृतिमा प्रतियोगिता आयोजना गरेका हुन्। प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ, जुन भैरहवाको लुम्बिनी नेत्रालय प्रालिको प्रायोजनमा रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - २०:५४
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकामा माेटरसाइकल र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय न...
पौष २६ गते, २०८२ - २०:५१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको ...
पौष २६ गते, २०८२ - २०:४७
सप्तरी । पूर्व सांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारि...
पौष २६ गते, २०८२ - २०:४५
काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठ...
पौष २६ गते, २०८२ - २०:३५
गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी
पौष २६ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेक...
पौष २६ गते, २०८२ - १८:४५
काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको ...
पौष २६ गते, २०८२ - १८:४३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन...
पौष २६ गते, २०८२ - १८:३८
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय...
पौष २६ गते, २०८२ - १८:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित...




प्रतिकृया लेख्नुहोस्: