काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र विशेष महाधिवेशनसम्बन्धी उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
आकस्मिक रूपमा बोलाइएको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्यहरूका साथै सातवटै प्रदेशका सभापतिहरूलाई समेत सहभागी हुन भनिएको छ। बैठकलाई पछिल्लो समय कांग्रेसभित्र देखिएको सबैभन्दा संवेदनशील र निर्णायक बैठकका रूपमा हेरिएको छ।
बैठकको मुख्य एजेन्डा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको प्रक्रिया रहने बताइएको छ। विधानअनुसार माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन नबोलाइएको दाबी गर्दै महामन्त्रीद्वयले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिसकेका छन्। यस कदमले कांग्रेसभित्र संस्थापन र संस्थापन इतर पक्षबीच टकरावलाई अझ तीव्र बनाएको छ।
केन्द्रीय कार्यसम्पादन समिति र संस्थापन पक्षले भने नियमित १५औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य नरहेको अडान लिँदै आएका छन्। पार्टी नेतृत्वले समानान्तर गतिविधिले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने चेतावनी दिइरहेको अवस्थामा आजको बैठकबाट कस्तो निर्णय आउँछ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।
यसैबीच, बैठकमा पार्टीका वरिष्ठ नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा, पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री होमनाथ दाहालको गएराति निधन भएको विषयमा पनि छलफल हुने जनाइएको छ। कांग्रेसले उहाँको योगदानको सम्मानस्वरूप शोक प्रस्ताव पारित गर्ने तथा शोक कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको बताइएको छ।
विशेष महाधिवेशनको तयारी, पार्टी विधानको व्याख्या, नेतृत्वको वैधानिकता र भावी राजनीतिक दिशाका विषयमा निर्णायक मोडमा पुगेको कांग्रेसका लागि आजको आकस्मिक बैठकलाई अत्यन्त महत्वपूर्ण रूपमा हेरिएको छ। बैठकका निर्णयले पार्टी एकतर्फ सहमतितर्फ जाने कि औपचारिक विभाजनतर्फ धकेलिने भन्ने संकेत दिने विश्लेषकहरूको भनाइ छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - २०:५४
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकामा माेटरसाइकल र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय न...
पौष २६ गते, २०८२ - २०:५१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको ...
पौष २६ गते, २०८२ - २०:४७
सप्तरी । पूर्व सांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारि...
पौष २६ गते, २०८२ - २०:४५
काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठ...
पौष २६ गते, २०८२ - २०:३५
गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी
पौष २६ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेक...
पौष २६ गते, २०८२ - १८:४५
काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको ...
पौष २६ गते, २०८२ - १८:४३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन...
पौष २६ गते, २०८२ - १८:३८
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय...
पौष २६ गते, २०८२ - १८:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित...




प्रतिकृया लेख्नुहोस्: