Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

आशिका तामाङले गरिन् प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारीकाे घोषणा

खबरडबली संवाददाता

काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट उम्मेदवारी दिने बताएकी छन्।

आशिकाले विभिन्न सरोकारवालासँगको छलफल र सामाजिक सञ्जालमा मत सर्वेक्षण गरेपछि चुनावमा जाने तयारी गरेको बताएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, “यी छलफलहरूबाट सकारात्मक सुझाव पनि प्राप्त भए भने धेरै आलोचनात्मक दृष्टिकोणहरू पनि आए। म ती सबै विचारलाई सम्मान गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णय गरेको छु।”

आशिका कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको स्पष्ट गर्दै भन्छिन्, “आगामी संसद निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु। जेनजीका आवाज र परिवर्तनको चाहनालाई सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व गर्न यो निर्णयमा पुगेको हुँ।”

उनको उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा भन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानमा आधारित रहेको उल्लेख छ।

आशिकाले  युवा पुस्ताको भावनाको कदर, सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा, भ्रष्टाचार विरुद्धको निरन्तर लडाइँ जस्ता आफ्ना तीन मुख्य अठोट अघि सारेकी छन् ।

आशिका भन्छिन्, “म युवाहरूको सपना, उनीहरूको भविष्य र देशको हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु। हाम्रो आवाज सदनमा पनि सुनिनेछ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । ह...

झापामा उद्योग र घरमा आगलागी, १ करोड ३० लाखको क्षति

झापा  । झापाको दमक नगरपालिका–९ स्थित स्वस्तिक थुप्पा उद्योग र नजिकैको एक घरमा आगलागी हुँदा करिब रु १ करोड ३० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहर...

काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्रीमा झर्यो

काठमाडौँ  । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहँदा आज काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका ...

देश बनाउन श्रमदान आवश्यक: अध्यक्ष साम्पाङ

सुनसरी  । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ)ले देशको विकास र समृद्धिका लागि श्रमदान अनिवार्य रहेको बत...

सिद्धार्थ माविको स्वर्ण महोत्सवमा ९५० विद्यार्थीको निःशुल्क आँखा जाँच

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले आफ्नो स्थापना ५० औँ वर्षको अवसरमा आयोजित स्वर्ण महोत्सव अन्तर्गत बिहीबार र शुक्...

चुनावअघि म्यादी प्रहरीको आवेदन खुल्यो, काठमाडौंमा लामो लाइन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी (निर्वाचन) प्रहरी भर्ना खुलाएसँगै आवेदन प्रक्रिया शुक्रबारदेखि स...

जेनजी अगुवाहरू कांग्रेस विशेष महाधिवेशनको पक्षमा खुला वकालत गर्दै

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशन भन्ने बहस जारी रहँदा, भदौ २३–२४ गतेको जेनजी आन्दोलनका अगुवाहरूले पार्टीको आन्तरिक विवादमा चा...

आशिका तामाङले गरिन् प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारीकाे घोषणा

काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले काठमाडौं ...

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न नपाइने, एकाउन्ट पेयी अनिवार्य

 काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद निकाल्न नपाइने व्यवस्था लागू गरेको छ। अब ५ लाखभन्दा माथिको चेक अनिवार्य एकाउन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending