काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री तथा नेकपा (एमाले) नेता टोपबहादुर रायमाझीको थुनामुक्ति मागसम्बन्धी निवेदनमा उच्च अदालत पाटनले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार रायमाझीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो।
रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१(२) अनुसार आफूलाई थुनामुक्त गर्नुपर्ने मागसहित जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए। तर जिल्ला अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए।
उक्त दफामा, दफा ६७ वा ६८ अनुसार थुनामा परेको अभियुक्त कसुरदार होइन भन्ने मनासिब आधार देखिएमा मुद्दा जुनसुकै चरणमा पुगेको भए पनि अदालतले थुनाबाट छाड्न सक्ने व्यवस्था छ। यही कानुनी प्रावधान टेकेर रायमाझीले निवेदन दिएका हुन्।
यसअघि २०८० असार १ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध उच्च अदालत पाटन र त्यसपछि सर्वोच्च अदालत पुगेका उनीहरूको निवेदन दुवै अदालतबाट अस्वीकार भएपछि रायमाझी थुनामै रहँदै आएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित ३० जनाविरुद्ध २०८० जेठ १० गते ठगी, किर्ते, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधको कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो।
उच्च अदालतले मागेको कैफियत प्रतिवेदनपछि रायमाझीको थुनामुक्ति मागबारे थप कानुनी बहस अघि बढ्ने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...
चैत्र ६ गते, २०८२ - २०:५३
काठमाडौं । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...
चैत्र ६ गते, २०८२ - २०:५१
हुम्ला । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...
चैत्र ६ गते, २०८२ - २०:४३
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...
चैत्र ६ गते, २०८२ - २०:३९
मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...


प्रतिकृया लेख्नुहोस्: