काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले तत्काल विशेष महाधिवेशन गराउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन आग्रह गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ।
पार्टी विधानको दफा १७((२)) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेकाले विशेष महाधिवेशन गराउनुपर्ने मागसहित पुस १६ गते पत्र प्राप्त भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पुष्टि गरे। तर आयोगले पार्टीको आन्तरिक विवादमा प्रवेश नगर्ने स्पष्ट पारेको छ।
‘कुनै पनि पार्टीको अन्तरपार्टी विवादमा निर्वाचन आयोग प्रवेश गर्दैन,’ भण्डारीले भने।
कांग्रेसभित्र यतिबेला विशेष महाधिवेशन पक्षधर र विपक्षीबीच विवाद चर्किँदै गएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा छन् भने संस्थापन समूह नियमित महाधिवेशन नै उपयुक्त हुने र विशेष गर्दा पार्टीलाई क्षति पुग्ने बताउँदै आएको छ।
विवादकै बीच विशेष महाधिवेशन पक्षधरले पुस २७ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १५:०२
कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन
श्रावण २९ गते, २०८३ - १४:४८
काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...
श्रावण २९ गते, २०८३ - १४:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...
श्रावण २९ गते, २०८३ - १३:४९
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्...
श्रावण २९ गते, २०८३ - १३:३२
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...
श्रावण २९ गते, २०८३ - १२:४४
हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...
श्रावण २९ गते, २०८३ - १२:१९
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...
श्रावण २९ गते, २०८३ - ११:५९
स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...
श्रावण २९ गते, २०८३ - ११:२७
काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...
श्रावण २९ गते, २०८३ - ११:०८
जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...



प्रतिकृया लेख्नुहोस्: