काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि उत्पन्न परिस्थितिका बीच कांग्रेसले बैठक आह्वान गरेको हो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहीबार अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको मतभेदबारे छलफल हुने बताइएको छ।
यसअघि कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन आह्वान गर्ने अधिकार कुनै पनि व्यक्तिलाई नभएको स्पष्ट पारेको थियो। पार्टी विधानअनुसार मात्र महाधिवेशन बोलाउन सकिने कांग्रेसको भनाइ छ।
त्यसअघि विशेष पक्षधर समूहले पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन आह्वान गरेको घोषणा गरेको थियो। त्यसपछि महामन्त्रीद्वय थापा र शर्माले पनि छुट्टाछुट्टै वक्तव्यमार्फत विशेष महाधिवेशनको आह्वान गरेका थिए, जसले पार्टीभित्र तरंग सिर्जना गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - ११:११
काठमाडौँ । गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षे...
पौष २५ गते, २०८२ - ११:०६
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलतिर झुक्ने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित बागमत...
पौष २५ गते, २०८२ - ११:००
काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हज...
पौष २५ गते, २०८२ - १०:४७
सप्तरी। सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ४ स्थित क...
पौष २४ गते, २०८२ - १७:२१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अगाडि बढ्ने प्रक्रिया जारी रहेको बताएक...
पौष २४ गते, २०८२ - १६:५१
काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्...
पौष २४ गते, २०८२ - १६:४२
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । ...
पौष २४ गते, २०८२ - १६:३७
नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...
पौष २४ गते, २०८२ - १६:२७
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...
पौष २४ गते, २०८२ - १६:०७
पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ




प्रतिकृया लेख्नुहोस्: