Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

राष्ट्रिय सभामा जुम्लाका ललितजंग शाहीको उम्मेदवारी

खबरडबली संवाददाता

जुम्ला । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको छन् । कांग्रेसले कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने उम्मेदवारका रूपमा शाहीलाई अघि सारेको हो ।

जुम्ला तथा समग्र कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका शाही नेपाली कांग्रेसभित्र अनुभवी र संगठनप्रेमी नेताका रूपमा परिचित छन्। कर्णालीका दुर्गम जिल्ला, विकासमा पछाडि परेका समुदाय, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई निरन्तर उठाउँदै आएका शाहीलाई पार्टीले राष्ट्रिय सभा जस्तो गरिमामय सदनका लागि उपयुक्त व्यक्ति ठहर गर्दै उम्मेदवार बनाएको जनाएको छ ।

कर्णालीका मुद्दा राष्ट्रिय नीति निर्माण तहसम्म पुर्‍याउन सक्ने क्षमता, राजनीतिक अनुभव र समन्वयकारी भूमिकाका कारण शाहीलाई उम्मेदवार बनाइएको नेपाली कांग्रेसले जनाएको छ । प्रदेश सभापतिको हैसियतमा उनले पार्टी संगठनलाई जिल्लादेखि वडास्तरसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छन् । शाहीले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै कर्णालीको समग्र विकास, पछाडि परेका वर्ग र क्षेत्रका आवाज राष्ट्रिय सभामा बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरे।

कर्णाली अझै पनि विकास, अवसर र पहुँचका हिसाबले पछाडि परेको क्षेत्र हो । यदि राष्ट्रिय सभामा पुग्ने अवसर पाए भने कर्णालीका नागरिकका अधिकार, पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने उहाँको भनाइ छ । राष्ट्रिय सभा सङ्घीय संसदको महत्त्वपूर्ण अङ्ग भएकाले यहाँ प्रस्तुत हुने नीति, कानून र राष्ट्रिय सरोकारका विषयले देशको दीर्घकालीन दिशालाई प्रभाव पार्ने गर्छन् ।

यस सन्दर्भमा कांग्रेसले कर्णालीबाट अनुभवी र क्षेत्रीय प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएको बताएको छ । कर्णाली प्रदेशमा कांग्रेसभित्र शाहीको उम्मेदवारीलाई सकारात्मक रूपमा हेरिएको छ । पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताले शाहीको उम्मेदवारीले कर्णालीको राजनीतिक उपस्थिति राष्ट्रिय स्तरमा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

साथै, शाहीको उम्मेदवारीले कांग्रेस संगठनलाई थप उत्साहित बनाएको उनीहरूको भनाइ छ । माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखहरू मतदाता रहने व्यवस्था छ । यस निर्वाचनलाई कर्णालीको राजनीतिक भविष्य र राष्ट्रिय राजनीतिमा प्रदेशको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने अवसरका रूपमा समेत हेरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक अशान्ति फैलाउनेलाई कानुनी कारबाही हुन्छ : गृह मन्त्री

काठमाडौँ । गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षे...

वर्तमान मन्त्रीहरूलाई दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलतिर झुक्ने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित बागमत...

सुनको मुल्य तोलामा २ हजार १ सयले बढ्यो, चाँदी घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हज...

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

सप्तरी। सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ४ स्थित क...

पछिल्लो समय युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दो छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अगाडि बढ्ने प्रक्रिया जारी रहेको बताएक...

निर्वाचन सुरक्षित र निष्पक्ष ढंगले हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्।  बिहीबार काठमाडौंमा आयोजित एक कार्...

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस, कुन क्षेत्रबाट को ?

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । ...

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...

पाँच वर्षमा एउटा कानुन बनाउनेलाई फेरि भोट हाल्न जाँदा हात काम्नुपर्छ: मन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...

विशेष महाधिवेशन गराउन निर्देशन दिन माग गर्दै महाधिवेशन पक्षधरको पत्र आयोगमा

पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending