Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

खोला किनारामा २० मिटर खाली छाड्ने फैसलाको पुनरावलोकन रिटमा आज सुनुवाइ हुँदै

खबरडबली संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदी तथा खोलाहरूको किनारामा २० मिटर खाली छाड्नुपर्ने भनी गरेको फैसलाको पुनरावलोकन रिटमा आज सुनुवाइका लागि पेसी तोकिएको छ।

उपत्यकाको बागमती, विष्णुमतीलगायतका नदी किनारामा दायाँ–बायाँ २०–२० मिटर खाली छाडेर मात्र संरचना निर्माण गर्नुपर्ने भनी सर्वोच्च अदालतले २०८० पुस २० गते फैसला गरेको थियो। तर उक्त फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारका तर्फबाट तत्कालीन कानुन सचिव फडिन्द्र गौतमले पुनरावलोकनको निवेदन दायर गरेका हुन्।

सरकारले काठमाडौँ उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दा विभिन्न जटिलता उत्पन्न हुने दाबी गरेको छ। सरकारका अनुसार उपत्यकामा रहेका १९ वटा खोलाको दायाँ–बायाँ ८ हजार ३०४ घरटहरा पर्ने र करिब ४२ हजार नागरिक विस्थापित हुने अवस्था आउनेछ।

सर्वोच्चको फैसला कार्यान्वयन गर्दा ती घरहरू क्षतिपूर्ति दिएर भत्काउनुपर्ने भए पनि त्यसका लागि आवश्यक पर्ने ठूलो रकम सरकारले व्यहोर्न नसक्ने सरकारको तर्क छ। साथै, यस्तो निर्णय सामाजिक रूपमा पनि अस्वीकार्य हुने सरकारको जिकिर छ।

सरकारले निवेदनमा संवैधानिक, कानुनी तथा व्यावहारिक समस्या सिर्जना हुने तथ्यसमेत उल्लेख गरेको छ। संवैधानिक सीमाभित्र रही नागरिकको हित र मुलुकको विकासलाई ध्यानमा राख्दै स्रोत र साधनको समुचित व्यवस्थापनसहित क्रमश: कार्यान्वयन गर्नुपर्ने सरकारको तर्क छ।

फैसला कार्यान्वयन गर्दा कति घर तथा जग्गा अधिग्रहण गर्नुपर्ने, त्यसका लागि कति क्षतिपूर्ति आवश्यक पर्छ भन्ने विषयसमेत यकिन नगरी निर्णय कार्यान्वयन गर्नु व्यावहारिक नहुने सरकारको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक अशान्ति फैलाउनेलाई कानुनी कारबाही हुन्छ : गृह मन्त्री

काठमाडौँ । गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षे...

वर्तमान मन्त्रीहरूलाई दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलतिर झुक्ने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित बागमत...

सुनको मुल्य तोलामा २ हजार १ सयले बढ्यो, चाँदी घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हज...

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

सप्तरी। सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ४ स्थित क...

पछिल्लो समय युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दो छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अगाडि बढ्ने प्रक्रिया जारी रहेको बताएक...

निर्वाचन सुरक्षित र निष्पक्ष ढंगले हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्।  बिहीबार काठमाडौंमा आयोजित एक कार्...

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस, कुन क्षेत्रबाट को ?

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । ...

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...

पाँच वर्षमा एउटा कानुन बनाउनेलाई फेरि भोट हाल्न जाँदा हात काम्नुपर्छ: मन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...

विशेष महाधिवेशन गराउन निर्देशन दिन माग गर्दै महाधिवेशन पक्षधरको पत्र आयोगमा

पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending