काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने विश्वास व्यक्त गरेका छन्। उनले काठमाडौंमा पुस २७ र २८ गते प्रस्तावित विशेष महाधिवेशनको सन्दर्भमा आफ्नो धारणा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
शर्माले भनेका छन्, "विशेष महाधिवेशन हुँदैछ, तर पार्टी विभाजन हुने अवस्था आउँदैन। यदि त्यस्तो भए, म सबैभन्दा पहिलो अधिवेशन हलबाट बाहिर निस्कनेछु।" यससँगै उनले पार्टीको एकता कायम राख्नेमा विश्वास व्यक्त गरेका छन्।
महामन्त्री शर्मा र अर्का महामन्त्री गगन थापाले पत्रकार सम्मेलनमा विशेष महाधिवेशनका बारेमा आफ्नो चासो र समर्थन व्यक्त गरेका छन्। यस महाधिवेशनको आयोजनालाई लिएर कांग्रेसभित्र विवाद चर्किरहेको छ, जहाँ सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशन नगर्ने पक्षमा देखिएका छन् भने, शर्मा र थापा पक्षले भने जेनजी आन्दोलनपछि पार्टीको नयाँ परिस्थिति र जिम्मेवारीलाई ध्यानमा राख्दै विशेष महाधिवेशनको आवश्यकता रहेको तर्क गरेका छन्।
शर्माले विशेष महाधिवेशनको आवश्यकता बदलाव, नयाँ चुनौती र पार्टीको दायित्वका कारण रहेको बताए। उनले भने, "आजको नेपाल भदौ २३ अगाडिको नेपाल होइन। नयाँ दृष्टिकोण, योजना र संकल्पको लागि विशेष महाधिवेशन आवश्यक छ।"
यस विशेष महाधिवेशनको पक्षमा कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियानसमेत चलाएका थिए, जसमा ४० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका छन्। यसका आधारमा शर्माले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने दाबी गरेका छन्।
उनले महाधिवेशनका प्रतिनिधिहरूले हस्ताक्षर नगरे पनि विशेष महाधिवेशनमा सहभागी हुन पाउने कुरा स्पष्ट पारेका छन्। शर्मा थप्छन्, "महाधिवेशनले आगामी प्रतिनिधि सभा निर्वाचनमा कुनै नकारात्मक असर पार्ने छैन, बरु विशेष महाधिवेशनपछि कांग्रेस अझै बलियो बनि चुनावमा राम्रो नतिजा दिन सक्षम हुनेछ।"
उनले विशेष महाधिवेशनलाई 'बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि' भनेर अवलोकन गर्ने अपिल गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - ०७:५६
काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...
पौष २५ गते, २०८२ - ०७:५२
काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...
पौष २५ गते, २०८२ - ०७:४४
गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...
पौष २५ गते, २०८२ - ०७:४२
काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...
पौष २५ गते, २०८२ - ०७:३८
काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...
पौष २५ गते, २०८२ - ०७:३६
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...
पौष २५ गते, २०८२ - ०७:२१
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...
पौष २५ गते, २०८२ - ०७:१७
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...
पौष २५ गते, २०८२ - ०७:१५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...
पौष २५ गते, २०८२ - ०७:१२
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...




प्रतिकृया लेख्नुहोस्: