काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्ने बताएका छन् ।
बुधबार ललितपुरस्थित लविम मलमा रहेको चलचित्र भवनमा उज्वल थापा फाउन्डेसनले आयोजना गरेको विशेष प्रदर्शनी हेरेपछि मन्त्री खरेलले वैकल्पिक राजनीतिको मार्ग पहिल्याउने स्वर्गीय थापाको जीवनी प्रेरणादायी रहेको बताए ।
उनले भने, “नेपाल र नेपाली जनतालाई यति धेरै माया गर्ने, आफ्नो जीवन र परिवारभन्दा माथि देश रहेछ भनेर आफूले बुझ्नाका साथै बुझाउने स्व थापाका बारेमा वृत्तचित्रले झन् नजिकबाट चिनाएको छ । उहाँले आफ्नो जीवनकालमा गर्नुभएका कामले दिमाग मात्र नभई मन पनि घोच्छ । उहाँ हामी माझ नरहे पनि उहाँको विचार र मार्गले हामीलाई पक्कै देश हितमा समर्पित हुन ऊर्जा दिनेछ ।”
उद्यमशीलता, सामाजिक सक्रियता र वैकल्पिक राजनीतिमार्फत थापाले देखाएको बाटो आज पनि उत्तिकै सान्दर्भिक रहेको मन्त्री खरेलको भनाइ थियो । स्वर्गीय थापाका बुबाआमा र श्रीमती एरिका अधिकारीलाई भेट्दै उनले थापाको देश प्रतिको भावनालाई नेपाली जनताले बुझ्ने समय आएको बताए ।
स्व थापाका बारेमा तयार गरिएको वृत्तचित्र हेर्न सामाजिक, राजनीतिक तथा कलाकारिता क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो । उक्त वृत्तचित्रलाई आगामी शुक्रबारदेखि नेपालका चलचित्र भवनमा समेत सार्वजनिक प्रदर्शन गरिने फाउन्डेसनले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - ०७:५६
काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...
पौष २५ गते, २०८२ - ०७:५२
काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...
पौष २५ गते, २०८२ - ०७:४४
गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...
पौष २५ गते, २०८२ - ०७:४२
काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...
पौष २५ गते, २०८२ - ०७:३८
काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...
पौष २५ गते, २०८२ - ०७:३६
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...
पौष २५ गते, २०८२ - ०७:२१
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...
पौष २५ गते, २०८२ - ०७:१७
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...
पौष २५ गते, २०८२ - ०७:१५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...
पौष २५ गते, २०८२ - ०७:१२
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...




प्रतिकृया लेख्नुहोस्: