Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

भेनेजुएलापछि ट्रम्पले आँखा लगाउन सक्ने पाँच देशहरू

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल उनको विदेश नीतिको महत्त्वाकाङ्क्षाले परिभाषित गर्दै छ। उनले सबैभन्दा पहिले भेनेजुएलालाई धम्की दिए अनि त्यसपछि उच्च सुरक्षाभित्र रहेका राष्ट्रपति निकोलास मदुरो र उनकी श्रीमतीलाई रातारात कब्जा गरेर अमेरिका पुर्‍याए।

यो कारबाहीलाई ट्रम्पले अमेरिकाका तत्कालीन राष्ट्रपति जेम्स मुन्‍रोले सन् १८२३ मा प्रतिपादन गरेको सिद्धान्तसँग जोडेर व्याख्या गरेका छन्। यसलाई पछिल्लो समय डोनल्ड ट्रम्पकै समेत नाम जोडेर 'डोन्‍रो डक्ट्रिन'का रूपमा समेत चर्चा गरिएको छ।

वाशिङ्टनको नजरमा परेका अन्य देशहरूविरुद्ध उनले पछिल्ला दिनमा दिएका केही चेतावनी हेरौँ।

डेन्मार्क

डेन्मार्कको नियन्त्रणमा रहेको ग्रीनल्यान्डमा अमेरिकाको यसअघि नै पिटुफीक स्पेस बेस छ। तर ट्रम्प पूरै टापु आफ्नो बनाउन चाहन्छन्।

"राष्ट्रिय सुरक्षाका दृष्टिकोणले पनि हामीलाई ग्रीनल्यान्ड चाहिन्छ", उनले पत्रकारहरूसँग भनेका छन्। उनका अनुसार यो क्षेत्र "जताजतै चिनियाँ र रुसी पानीजहाजले ढाकिएको छ।"

डेन्मार्कको भूभागअन्तर्गत पर्ने यो ध्रुवीय टापु अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा देशको सीमाभन्दा ३,२०० किलोमिटर टाढा पर्छ।

यो टापुमा बहुमूल्य सुन र प्ल्याटिनमदेखि लिथिअम र टाइटानिअमसहितका आठ वटा दुर्लभ धातु अनि 'रेअर अर्थ एलिमन्ट' सूचीकृत छन्। रेअर अर्थ धातु स्मार्ट फोनदेखि विद्युतिय सवारीसाधन र सैन्य उपकरणको उत्पादनका लागि समेत अत्यावश्यक छन्। अहिले चीनले अमेरिकाको भन्दा निकै धेरै रेअर अर्थ खनिज उत्पादन गरिरहेको छ।

ग्रीनल्यान्डले उत्तर एट्लान्टिक क्षेत्रको खास रणनीतिक भूभाग पनि ओगटेको छ। 'आर्क्टिक सर्कल'का लागि महत्त्वपूर्ण पहुँचका लागि पनि अमेरिकाका लागि यो ठाउँ खास छ।

आगामी वर्षहरूमा ध्रुवीय बरफ पग्लँदै जाँदा त्यो ठाउँबाट नयाँ जलमार्ग खुल्ने अपेक्षा पनि गरिएको छ।

ग्रीनल्यान्डका प्रधानमन्त्री येन्स फ्रेड्रिक निल्सनले उक्त टापु आफ्नो नियन्त्रणमा लिने अमेरिकी प्रस्ताव "काल्पनिक" भएको टिप्पणी गरेका छन्।

"दबाव चाहिँदैन। सङ्केतहरू चाहिँदैनन्। टुक्राउने कल्पना नगर। हामी वार्ताका लागि तयार र खुला छौँ। तर यो उचित बाटोबाट हुनुपर्छ र अन्तर्राष्ट्रिय कानुनको सम्मानसहित हुनुर्छ," उनले भने।

ग्रीनल्यान्डमा कोइला र युरेनिअमसहित ऊर्जा उत्पादनमा प्रयोग हुने तत्त्वहरू अनि हीरा र माणिकजस्ता बहुमूल्य पत्थरहरू पनि पाइन्छन्। यो क्षेत्र तेल र ग्यासको ठूलो भण्डार भएको पनि दाबी गरिएको छ। तर ती खानीहरू पहिचान हुन बाँकी छन्।

कोलम्बिया

भेनेजुएलामा कारबाहीपछि ट्रम्पले कोलम्बियाका राष्ट्पति गुस्टाभो पेट्रोलाई चेतावनी दिएका छन्।

भेनेजुएलाको पश्चिमी छिमेकी कोलम्बिया पनि उल्लेख्य मात्रामा तेलको भण्डारण भएको देश हो। यो देश सुन, चाँदी, पन्ना, प्ल्याटिनम र कोइलाको पनि धनी देश हो।

यो क्षेत्रको लागुऔषध कारोबारको केन्द्र पनि कोलम्बिया हो, विशेष गरी कोकेनका लागि।

अमेरिकाले सेम्टेम्बरबाट क्यारिबीअन र पूर्वी प्रशान्त क्षेत्रमा कुनै पनि प्रमाणबिना लागुऔषध बोकेका डुङ्गाहरूमा आक्रमण सुरु गरेपछि कोलम्बियाका वामपन्थी राष्ट्रपतिसँग उनको विवाद बढ्दै गएको छ।

अमेरिकाले लागुऔषध गिरोहलाई "फैलने" अवसर दिएको भन्दै पेट्रोमाथि गत अक्टोबरमा प्रतिबन्धहरू लगाएको थियो।

आइतवार एअर फोर्समा उड्दै गर्दा ट्रम्पले भने,"कोलम्बिया एक जना बिरामी मान्छेले चलाइरहेका छन्। उनी कोकेन बनाएर अमेरिकामा बेच्न रुचाउँछन्। अब उनले धेरै लामो समय यो गरिरहन पाउँदैनन्", उनले भने।

अमेरिकाले कोलम्बियालाई लक्षित गरेर आक्रमण गर्छ कि गर्दैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, "यो कुरा मलाई राम्रै लाग्यो।"

ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने कोलम्बिया लागुऔषध नियन्त्रणको युद्धमा अमेरिकाको निकट सहयोगी देश हो। लागुऔषध गिरोह नियन्त्रणका लागि कोलम्बियाले अमेरिकाबाट वर्षेनि दशौँ लाख डलर सैन्य सहायता पाउँदै आएको छ।

इरान

इरानमा अहिले ठूल्ठूला सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन्। यदि थप प्रदर्शनकारीहरूको मृत्यु भए अधिकारीहरूले "नराम्रो परिणाम भोग्नुपर्ने" चेतावनी ट्रम्पले गत रात दिएका छन्।

"हामीले निकै नजिकबाट नियालिरहेका छौँ। यदि विगतमा जस्तै मानिसहरू मार्न थाले भने उनीहरूले अमेरिकाबाट निकै नराम्रो परिणामको सामना गर्नुपर्ने हुनसक्छ," उनले एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै भने।

सैद्धान्तिक रूपमा इरान 'डोन्‍रो डक्ट्रिन' भन्दा बाहिर पर्छ। यद्यपि ट्रम्पले यसअघि पनि इरानी सत्तालाई चेतावनी दिएका छन्। उनले गत वर्ष इरानका परमाणविक पूर्वाधारहरूमा आक्रमणपछि पनि त्यहाँको सत्तालाई चेतावनी दिएका थिए।

इजरेलले इरानले विकास गर्ने पारमाणविक शक्ति निस्तेज पार्ने गरी ठूलो स्तरको आक्रमण गरेपछि अमेरिकाले थप आक्रमण गरेको थियो। त्यस बेला इजरेल र इरानबीच १२ दिन लामो द्वन्द्वसमेत भएको थियो।

गत साता इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र ट्रम्पबीच मार-ए-लागोमा भएको भेटको प्रमुख विषय नै इरान भएको बताइएको छ। अमेरिकी सञ्चारमाध्यमले सन् २०२६ मा इरानमाथि सम्भावित आक्रमण हुन सक्ने उल्लेख गरेका छन्।

मेक्सिको

सन् २०१६ मा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने चुनावी नाराकै कारण ट्रम्प राष्ट्रपति बनेका थिए।

सन् २०२५ मा पुनः राष्ट्रपतिको कार्यभार सम्हालेपछि उनले हस्ताक्षर गरेको पहिलो कार्यकारी आदेशमा गल्फ अफ मेक्सिकोलाई "गल्फ अफ अमेरिका" नामकरण गर्ने उल्लेख छ।

उनले मेक्सिकोका अधिकारीहरूले अमेरिकामा गैरकानुनी आप्रवासी र लागुऔषधको प्रवाह रोक्न कुनै कदम नचालेको आरोप लगाएका छन्।

आइतवार ट्रम्पले मेक्सिकोबाट लागुऔषध "थुप्रिएको" भन्दै आफूहरूले "केही न केही गर्नुपर्ने अवस्था आएको" बताएका थिए। उनले त्यहाँका तस्करहरूको गिरोह "धेरै बलियो" रहेको बताएका छन्।

मेक्सिकोका राष्ट्रपति क्लाउडिआ शेइनबाअमले मेक्सिकोको भूमिमा अमेरिकी सैन्य कारबाहीको सार्वजनिक माध्यममै अस्वीकार गरेका छन्।

क्यूबा

फ्लोरिडाबाट जम्मा १४५ किलोमिटर मात्रै दक्षिणमा रहेको यो टापु सन् १९६०को दशकबाटै अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ। निकोलास मदुरोको भेनेजुएलासँग पनि क्यूबाको राम्रो सम्बन्ध छ।

आइतवार ट्रम्पले क्यूबामा अमेरिकी सैन्य हस्तक्षेपको आवश्यकता नै नभएको बताए। उनका अनुसार क्युबाको सत्ता आफैँ "ढल्ने तयारीमा छ।"

"हामीले कुनै कदम चाल्नुपर्छ जस्तो नै मलाई लाग्दैन,"उनले भने। "त्यो ढल्नै लागेको जस्तो देखिन्छ।"

"थाहा छैन, उनीहरू रोक्न पनि सक्छन् तर क्यूबाको कुनै आम्दानी नै छैन," उनले थपे, "उनीहरूले सबै शक्ति नै भेनेजुएलाबाट आर्जन गरेका हुन्, भेनेजुएलाको तेलबाट।"

क्यूबाकै आप्रवासीबाट जन्मिएका अमेरिकी विदेशमन्त्री मार्को रुबिओले लामो समयदेखि क्यूबामा सत्ता परिवर्तन हुनुपर्ने बताइरहेका छन्। शनिवार उनले भने, "राष्ट्रपतिको भनाइलाई गम्भीर रूपमा लिनुपर्छ।"

"यदि म हभानमा थिएँ र म सरकारमा थिएँ भने, म पक्कै चिन्तित हुने थिएँ, कम्तीमा अलिकति भए पनि," उनले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

बैतडी । बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फर...

पार्टी फुट्ने अवस्था आए विशेष महाधिवेशनको हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने विश्वास व्यक्त गरेका छन्। उनले काठमाडौंमा ...

कुलमान घिसिङको राजीनामापछि अरू दुई मन्त्री के गर्छन् ?

काठमाडौं । सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले ११४ दिनपछि पदबाट राजीनामा दिएका छन्। घिसिङले ...

सरकारले माग्यो १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी (सूचनासहित)

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको छ।  सरकारद्वारा जारी सूचनाअनुसार, प्रह...

लगातार बढ्दै आएको अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइ...

मन्त्री पदबाट राजीनामा दिँदै कुलमानले भने– म कुनै दलको सदस्य छैन

काठमाडौँ । करिब ११५ दिन मन्त्री भएर राजीनामा दिएका कुलमान घिसिङले हालसम्म आफू कुनै पनि दलमा सहभागी भएको वा सदस्यता नलिएको दाबी गरेका छन् । प्रधानमन...

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छ: मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्न...

सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने नायब महानिरीक्षकसहित ५९९ प्रहरी कारबाहीमा

काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको...

राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ। निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुर...

सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा

गण्डकी ।  तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending