Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कोशी प्रदेशमा मन्त्री फेरबदल: पुरानालाई हटाएर नयाँ मन्त्रीहरूको शपथ आज साँझ

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दैछन्। नयाँ मन्त्रीहरूको शपथ आज साँझ ४ बजे हुनेछ, कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए।

नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति अनुसार १० जना मन्त्री फेरबदल हुनेछन्। कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, मानबहादुर लिम्बु स्वास्थ्य, इस्राइल मन्सुरी कृषि, भीम पराजुली पर्यटन तथा वन वातावरण मन्त्री बन्नेछन् भने शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त हुनेछन्।

एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, रामकुमार महतो सामाजिक विकास मन्त्री बन्ने तयारी छ। उमाकान्त गौतम मुख्यमन्त्रीको कार्यालयमा राज्यमन्त्री नियुक्त हुनेछन्।

प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको औपचारिक जानकारी अझै प्राप्त नभएको भए पनि तयारी अवस्थामा रहेको जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मलेसियामा चक्कु प्रहारबाट सल्यानका युवकको निधन

सल्यान। वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–...

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव

दुबई। अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म प...

इटहरीको पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगो नियन्त्रणमा

विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ। धरान रोडमा रहेको क्याफेको भान्साबाट आज बिहान करिब १० बजे...

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी, आसपासका घर–पसल जोखिममा

सुनसरी । सुनसरीको इटहरी बजारस्थित पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ। इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरबाट आगलागी सुरु भएको हो। ...

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा रामचन्द्र पौडेल ले ...

रवि लामिछानेको शपथमा अन्योल: कानुनी व्याख्यामा मतभेद, अब के हुन्छ ?

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार शपथ लिने तयारी भइरहँदा रवि लामिछाने को शपथ हुने वा नहुने विषयमा व्यापक चासो देखिएको छ। यस वि...

लमजुङमा ‘हेल्लो सरकार’मा ७६ गुनासा, प्रशासनकै बढी

लमजुङ। जनगुनासा सुन्न संघ सरकारले सञ्चालन गरेको ‘हेल्लो सरकार’मा लमजुङबाट ७६ वटा गुनासा दर्ता भएका छन्। जिल्ला भित्रका विभिन्न कार्यालयको सेवाप्रवाहसँ...

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ ।  नेप...

बाँके बैजनाथमा ८१६ जनाको कानको उपचार

नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क प्राथमिक कान उपचार शिविरमा ८१६ जनाको कानको उपचार गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सा...

मकवानपुरमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।  ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: