Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank

बाँकेका अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने तयारी

खबरडबली संवाददाता

नेपालगञ्ज । बाँके जिल्लाका ५३ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ । भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार जिल्लाका आठ वटा पालिकामा ५३ हजार ७०५ जना भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी रहेकाले उनीहरू सबैलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको हो ।

उनले ५३ हजार ७०५ जनामध्ये ४३ हजार २२६ परिवार अव्यवस्थित बसोबासी, छ हजार ७९८ परिवार भूमिहीन सुकुमवासी र तीन हजार ६८१ परिवार भूमिहीन दलित रहेको तथ्याङ्क प्राप्त भएको बताए । 

सो क्रममा कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा लालपुर्जा वितरणको काम एक चरणमा गरिसकिएको र दोस्रो चरणको वितरणका लागि तयारी भइरहेको भूमि आयोग बाँकेले जनाएको छ ।   

जिल्लाका सबै पालिकामा जग्गा नापजाँचको काम चलिरहेको जनाउँदै आयोगका बाँके अध्यक्ष खनालले आगामी केही दिनभित्रै विभिन्न पालिकाका केही वडामा लालपुर्जा वितरण गर्ने आयोगको योजना रहेको बताए । 

बाँकेको बैजनाथ गाउँपालिकामा मात्रै १० हजारभन्दा बढी भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराइने भएको छ । सो गाउँपालिकामा धेरैले जोतभोग गरे पनि जग्गा नपाएको देखिएकोले उनीहरू सबैलाई जग्गाको लालपुर्जा वितरण गरेर जग्गाधनी बनाउने प्रक्रिया तीव्र पारिएको भूमि आयोग बाँकेले जनाएको छ । 

आयोगका अध्यक्ष घननाथ खनालका अनुसार बैजनाथ गाउँपालिकाभरि १० हजार ११२ परिवार भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी रहेको देखिएकोले ती सबैलाई लालपुर्जा वितरण गरेर जग्गाधनी बनाइने छ । तीमध्ये सात हजार ५७४ परिवार अव्यवस्थित बसोबासी, एक हजार ६०८ परिवार भूमिहीन सुकुमवासी र ९३० परिवार भूमिहीन दलित रहेको तथ्याङ्क प्राप्त भएको भूमि आयोग बाँकेले जनाएको छ । 

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले लालपुर्जा वितरणका लागि गाउँपालिका–७, पेडारीबाट जग्गा नापजाँच सुरु गरिएको जनाउँदै छिटै सबैलाई लालपुर्जा वितरण गर्ने गरी आयोगले काम अघि बढाएको बताए । बैजनाथ–७ का वडाध्यक्ष दिनेशकुमार चौधरीले लालपुर्जा वितरणका लागि जग्गा नापजाँच सुरु भएपछि स्थानीय भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी उत्साहित देखिएको बताए । 

उनले लालपुर्जा नपाएकालाई लालपुर्जा उपलब्ध गराउन वडाभित्रका सबै दलका प्रतिनिधिको सहयोग आवश्यक रहेको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ दिल्ली पुगेका प्रचण्डको आजकोे कार्यक्रम के छ ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक...

भक्तपुर-२ मा एमाले सचिव महेश बस्नेत सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर २ मा एमाले सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्...

भीमफेदी दुर्घटना- मृतक ६ मध्ये ४ जनाको पहिचान खुल्यो, चालकसहित ३ घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहर...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि, सल्टाउला महाधिवेशन विवाद ?

काठमाडौँ । महाधिवेशन समय तालिकाको किचलोमा फसिरहेको नेपाली कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी फुटसम्मको बहस हुन थालेपछि मध्...

बालेन र कुलमानको व्यवस्थापनपछि रास्वपाको बृहत्तर एकता घोषणा सभा आज

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ।  काठमाडौँ महानगरका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी ...

मौसमी फ्लुका बिरामी बढ्यो, कसरी बच्ने ?

विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, श...

कार्की आयोग अस्वीकार गरेका ओलीले अन्ततः दिए लिखित बयान, स्थानहद फुकुवाको तयारी

काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगलाई अन्ततः बयान दिएका छन् । आयोगका कर्म...

शीर्ष नेता को–कहाँबाट एकल सिफारिस ?

काठमाडौं । समानुपातिक उम्मेदवार मनोनयनसँगै २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन हुने माहोल बनेपछि प्रमुख राजनीतिक दलहरू १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक...

बालेन बने रास्वपाको वरिष्ठ नेता, यी हुन् थएिका २६ केन्द्रीय सदस्य

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बनेका छन्। आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेनलाई क...

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत। बेलायतमा वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending