नेपालगञ्ज । बाँके जिल्लाका ५३ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ । भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार जिल्लाका आठ वटा पालिकामा ५३ हजार ७०५ जना भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी रहेकाले उनीहरू सबैलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको हो ।
उनले ५३ हजार ७०५ जनामध्ये ४३ हजार २२६ परिवार अव्यवस्थित बसोबासी, छ हजार ७९८ परिवार भूमिहीन सुकुमवासी र तीन हजार ६८१ परिवार भूमिहीन दलित रहेको तथ्याङ्क प्राप्त भएको बताए ।
सो क्रममा कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा लालपुर्जा वितरणको काम एक चरणमा गरिसकिएको र दोस्रो चरणको वितरणका लागि तयारी भइरहेको भूमि आयोग बाँकेले जनाएको छ ।
जिल्लाका सबै पालिकामा जग्गा नापजाँचको काम चलिरहेको जनाउँदै आयोगका बाँके अध्यक्ष खनालले आगामी केही दिनभित्रै विभिन्न पालिकाका केही वडामा लालपुर्जा वितरण गर्ने आयोगको योजना रहेको बताए ।
बाँकेको बैजनाथ गाउँपालिकामा मात्रै १० हजारभन्दा बढी भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराइने भएको छ । सो गाउँपालिकामा धेरैले जोतभोग गरे पनि जग्गा नपाएको देखिएकोले उनीहरू सबैलाई जग्गाको लालपुर्जा वितरण गरेर जग्गाधनी बनाउने प्रक्रिया तीव्र पारिएको भूमि आयोग बाँकेले जनाएको छ ।
आयोगका अध्यक्ष घननाथ खनालका अनुसार बैजनाथ गाउँपालिकाभरि १० हजार ११२ परिवार भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी रहेको देखिएकोले ती सबैलाई लालपुर्जा वितरण गरेर जग्गाधनी बनाइने छ । तीमध्ये सात हजार ५७४ परिवार अव्यवस्थित बसोबासी, एक हजार ६०८ परिवार भूमिहीन सुकुमवासी र ९३० परिवार भूमिहीन दलित रहेको तथ्याङ्क प्राप्त भएको भूमि आयोग बाँकेले जनाएको छ ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले लालपुर्जा वितरणका लागि गाउँपालिका–७, पेडारीबाट जग्गा नापजाँच सुरु गरिएको जनाउँदै छिटै सबैलाई लालपुर्जा वितरण गर्ने गरी आयोगले काम अघि बढाएको बताए । बैजनाथ–७ का वडाध्यक्ष दिनेशकुमार चौधरीले लालपुर्जा वितरणका लागि जग्गा नापजाँच सुरु भएपछि स्थानीय भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासी उत्साहित देखिएको बताए ।
उनले लालपुर्जा नपाएकालाई लालपुर्जा उपलब्ध गराउन वडाभित्रका सबै दलका प्रतिनिधिको सहयोग आवश्यक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: