Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

झापा इनर्जीद्वारा चार करोड ७१ लाख बराबरको विद्युत् उत्पादन

खबरडबली संवाददाता

झापा । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२-८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो ।

शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत्को व्यावसायिक उत्पादन गर्दै आएको छभने त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता (पीपीए) गरेको थियो ।

बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ । परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् । परियोजनाबाट उत्पादित सौर्य विद्युत्लाई एक किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

झापा इनर्जीले आव २०८०-८१ मा रु पाँच करोड २८ लाख ८४ हजार ७७७ मूल्यबराबरको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो । आव २०८१-८२ मा बिक्री बढेर रु नौ करोड १० लाख ५९ हजार ४७५ पुगेको अध्यक्ष लिम्बूले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुरक्षाकर्मी र कर्मचारीले मत दिन पाउँछन् कि पाउँदैनन् ?

काठमाडौं । २१ फागुनको निर्वाचनमा चुनावी प्रयोजनका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीले खटिएकै स्थानबाट मतदान गर्न पाउनेछन् । तर, उनीहरूलाई समानुपातिक ...

नेपालमा शक्ति सन्तुलन फेरिन सक्ने भारतीय आकलन, दिल्लीको नेपालनीति के होला ?

काठमाडौं । नेपालमा दुई सातापछि हुन लागेको निर्वाचनअघि कतिपय भारतीय विश्लेषकहरूले कसैको पनि बहुमत आउने अवस्था आफूले नदेखेको भन्दै आवश्यक पर्दा भारतको न...

‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबिचको प्रतिस्पर्धा’

म्याग्दी । प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक फरक नयाँ दृश्यहरू देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारला...

गौरमा अनिश्चितकालीन कर्फ्यु- अत्यावश्यक कामका लागि २ घण्टा खुकुलो बनाइयो, अर्को आदेश नभएसम्म रहने

काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज पनि जारी छ । अहिले बिहान ६स्३० बजेदेखि ८ः३० बजेसम्म अत्यावश्यक कामका लागि खुकुलो पारिएको...

आचारसंहिता उल्लंघनका २० हजार प्रचार सामग्री हटाइए

धनुषा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग...

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

काठमाडौँ । भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भाग...

कोशी, गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भू...

सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष...

दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

गण्डकी। आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गरेको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा क...

निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

काठमाडौँ । निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE