Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका महामन्त्रीहरूले आफैँले विशेष महाधिवेशनको विषय उठाउनु उचित नभएको बताएका छन् । विशेष महाधिवेशनबारे निर्णय गर्ने अधिकार केन्द्रीय समितिको भएको उल्लेख गर्दै उनले प्रक्रिया र विधि नअपनाई सार्वजनिक रूपमा यस्तो विषय उठाइनु गलत भएको धारणा राखेका हुन् ।

“विशेष महाधिवेशनको कुरा महामन्त्रीहरूले नै बोल्नुभएको छ । तर यसको प्रक्रिया के हुने हो र कसले गर्ने हो भन्ने विषय केन्द्रीय समितिले निर्णय गर्नुपर्छ,” कोइरालाले भने, “कांग्रेसका महामन्त्रीहरूले आफैँले विशेष महाधिवेशनको कुरा उठाउनु ठिक छैन ।”

आफू पनि विशेष महाधिवेशनको पक्षमा रहेको स्पष्ट पार्दै उनले नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गर्नुपर्नेमा जोड दिए । “म पनि विशेष महाधिवेशन चाहन्छु । तर सुरुदेखि नै मैले भन्दै आएको छु नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्,” उनले भने ।

कोइरालाले महाधिवेशन गर्ने भन्ने मात्र होइन, कस्तो महाधिवेशन गर्ने, त्यसको उद्देश्य के हुने र कसले आयोजना गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने बताए । यसका लागि केन्द्रीय समितिले आवश्यक कार्यविधि बनाउनुपर्ने उनको भनाइ छ ।

पार्टीको क्रियाशील सदस्यता नवीकरण र व्यवस्थापन प्रक्रियामा पनि गम्भीर कमजोरी भएको स्वीकार गर्दै उनले जिम्मेवारी पाएको समितिले पूर्ण रूपमा काम सम्पन्न गर्न नसकेको बताए । “नवीकरणको प्रक्रिया अझै नौवटा जिल्लामा पूरा भएको छैन भन्ने सुनेको छु,” उनले भने, “नयाँ क्रियाशील सदस्यको सिरियल नम्बर नराखी पठाउन किन भनियो भन्ने कुरा बुझ्नुपर्छ । यही कारणले ढिलाइ भएको हो ।”

खाली एकअर्कामाथि दोष लगाएर समस्या समाधान नहुने उल्लेख गर्दै कोइरालाले कमजोरी स्वीकार गरेर सुधारतर्फ जानुपर्ने बताए । “कमजोरी हामीबाटै भएको छ । मबाट पनि कमजोरी भएको छ । कमजोरी लुकाउने होइन, सुधार्दै जानुपर्छ,” उनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: