Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

फाइल फोटो
खबरडबली संवाददाता

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा घुम्ती कक्षा संञ्चालन गर्न बेसी झर्छन भने यहाँको तल्लो मुस्ताङ र मध्यमुस्ताङका शैक्षिक संस्थाहरु हिउँदयाममा बन्द हुन्छन् ।

 अत्यधिक चिसो बढेसंगै यहाँका तीन पालिकामा सञ्चालनमा रहेका सरकारी सामुदायिक, संस्थागत र गुम्बा विद्यालयमा जाडो छल्न दुई महिनाका लागि हिउँदे बिदा गरेका शिक्षा विकास तथा समन्वय एकाइका कार्यालय प्रमुख रामेश्वर लामिछाने जानकारी दिनुभयो । उहाँका अनुसार यहाँस्थित माथिल्लो मुस्ताङका विद्यालय अत्यधिक चिसोका कारण जाडो छल्न कात्तिक अगावै घुम्ती कक्षा चलाउन बेसी झरेको र यहाँको बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था पुस १५ गतेदेखि बन्द भएको छ ।

एकाइ प्रमुख लामिछानेले बताएअनुसार यहाँको तल्लो क्षेत्रका तीन पालिकाका शैक्षिक दुई महिना जाडो बिदा गरेर फागुनको पहिलो र दोस्रो हप्तादेखि नियमित शैक्षिक पठनपाठन सञ्चालन गरिने छ । माथिल्लो मुस्ताङका शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई बेसीको पारिलो स्थानमा राखेर शैक्षिक पठनपाठन सञ्चालन गरिराखेको एकाइ प्रमुख लामिछानेले उल्लेख गर्नुभयो ।

यहाँका शैक्षिक संस्थाहरुले हिउँदयामको जाडो मौसममा सम्भावित हिमपात र अत्यधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले बर्सेनि मुस्ताङका शैक्षिक संस्थाले हिउँदयाममा दुई महिना विद्यालय बन्द गरी विद्यार्थीलाई हिउँदे जाडो बिदा दिने चलन छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका शिक्षा शाखा प्रमुख रेखा पन्तका अनुसार यहाँ पालिकामा रहेका तीन सरकारी सामुदायिक र एक गुम्बा विद्यालय गरी चार सरकारी तथा गुम्बा विद्यालयहरु अत्यधिक चिसोका कारण दुई महिना अर्थात ६० दिनका लागि हिउँदे बिदा दिने अनुमति प्रदान गरिएको बताउनुभयो । 

प्रमुख पन्तका अनुसार यहाँका सरकारी विद्यालय पुसको ८ गतेदेखि फागुन ८ गतेसम्मका लागि जाडो बिदा दिने गरी छुसाङ, कागबेनी, र झारकोटमा रहेका शैक्षिक संस्था पूर्ण रुपमा बन्द भइसकेको बनाउनुभयो । यहाँ शिक्षकहरुका लागि सरकारी बिदा ४५ दिन, ५ दिन स्थानीय बिदा र १० दिन सार्वजनिक बिदामा अध्यापन गराएवापत दुई महिना विद्यालय बन्द गर्ने प्रस्ताव स्वीकृत गरिएको उहाँको भनाइ छ ।

घरपझोङ गाउँपालिकामा सञ्चालनमा रहेका सरकारी सामुदायिक, निजी संस्थागत र गुम्बा विद्यालयहरु अत्यधिक चिसो बढेका कारण दुई महिनाका लागि विद्यालय बन्द गरेको शिक्षा शाखा प्रमुख शिव पुरीले बताउनुभयो । प्रमुख पुरीका अनुसार घरपझोङ गाउँपालिकामा चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षा सकेर पुस १५ गतेदेखि फागुन २० गतेसम्मका लागि विद्यार्थीलाई हिउँदे बिदा दिएको बताउनुभयो । यहाँ विद्यालयमा विद्यार्थीलाई जाडो बिदा दिएता पनि त यहाँका शिक्षक÷शिक्षिका र शैक्षिक प्रशासन शाखा भने पुस २० गतेपछि मात्रै बन्द हुने शिक्षा शाखा प्रमुख गिरीको भनाइ छ ।

थासाङ गाउँपालिकाअन्तर्गत शैक्षिक संस्था अत्यधिक चिसोका कारण बन्द भएको त्यहाँका शिक्षा शाखा प्रमुख धर्म खनालले जानकारी दिनुभयो । यहाँका सामुदायिक निजी र गुम्बा विद्यालयलाई फागुन १ गतेदेखि विद्यालय खुल्ने गरी ४५ दिनका लागि हिउँदे बिदा दिइएको उहाँको भनाइ छ । योसँगै घुम्ती कक्षा सञ्चालनका लागि बेसी नझरेका मुस्ताङको तीन पालिकाका गरी १९ सरकारी सामुदायिक, निजी र धार्मिक गुम्बा विद्यालय अत्यधिक चिसोका कारण बन्द भएका हुन् । यहाँको बारागुङ मुक्तिक्षेत्रमा चार, घरपझोङमा आठ र थासाङ गाउँपालिकामा सात विद्यालय चिसो मौसमका कारण बन्द भएका हुन् ।

यसअघि माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकाका तीन सामुदायिक र चार गुम्बा विद्यालय अत्यधिक चिसोका कारण कात्तिक अगावै साविक स्थानको विद्यालयले छोडेर पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा चलाइरहेका छन् । माथिल्लो मुस्ताङस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत तीन सामुदायिक र दुई धार्मिक गुम्बा विद्यालय जाडो छल्न बेसी झरिसकेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जा । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्या...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending