काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरकारले हालसम्म सार्वजनिक गरेको छैन । सरकार सञ्चालन गर्ने राजनीतिक पदाधिकारीले पारदर्शिता र जवाफदेहिताका लागि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने विषय सरोकारवालाहरूले जोडतोडका साथ उठाउँदै आए पनि जेन–जी आन्दोलनको मर्ममा बनेको सरकार यसप्रति गम्भीर देखिएको छैन ।
सहरी विकास, ऊर्जा एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले सबै मन्त्रीहरूले कानुनअनुसार तोकिएको समयमै सम्पत्ति विवरण बुझाइसकेको बताएका छन् । सय दिनको उपलब्धि सार्वजनिक गर्न भौतिक पूर्वाधार मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले मन्त्रिपरिषद्मा आएपछि ६० दिनभित्र क्याबिनेटमा पेस गर्नुपर्ने सम्पत्ति विवरण बुझाइसकेको बताए ।
आफ्नो हकमा ३० वर्षदेखि कर्मचारीको हैसियतमा सम्पत्ति विवरण बुझाउँदै आएको उनको भनाइ थियो । मन्त्री भएपछि पनि आफूले दुई महिनाभित्रै सम्पत्ति विवरण बुझाइसकेको उनले प्रस्ट पारे । मन्त्रीहरूले पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रहेको उनको भनाइ छ । ‘हामीले कर्मचारीको हैसियतले विगत ३० वर्षदेखि हरेक वर्ष सम्पत्ति विवरण पेस गरेकै हुन्छौँ । मन्त्रिमण्डलमा आएपछि ६० दिनभित्र क्याबिनेटमा पेस गर्नुपर्ने विषयमा, हामीले समयभित्रै पेस गरेका छौँ । सबैले पेस गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयले नै सार्वजनिक गर्ला,’ उनले भने ।
सरकारको प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि प्रधानमन्त्री र मन्त्रीहरूले नियमअनुसार ६० दिनभित्र विवरण बुझाइसकेको बताए । बुधबार राष्ट्रिय प्रेस क्लबमा सञ्चारकर्मीहरूसँगको अन्तत्र्रिmयामा उनले सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्ने विषय प्रधानमन्त्री कार्यालयको रहेको बताए । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा अद्यावधिक रहेका १० सदस्यीय मन्त्रिमण्डलको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । तर, सार्वजनिक भने गरिएको छैन ।
भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०५९ को दफा ५० र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) मा यससम्बन्धी व्यवस्था छ । ऐनहरूले गरेको व्यवस्थाअनुसार पदमा नियुक्ति लिएको मितिले ६० दिन र हरेक आर्थिक वर्ष समाप्त भएको मितिले पनि ६० दिनमै सम्पत्ति विवरण बुझाउनुपर्छ ।
यद्यपि, यसलाई सार्वजनिक नै गर्नेबारे कानुनी व्यवस्था छैन । व्यक्तिको सम्पत्तिको विषय गोप्य रहने व्यवस्था कानुनले नै गरेको छ । तर, सार्वजनिक पदधारण गर्ने प्रधानमन्त्री, मन्त्रीसहितका राजनीतिक पदाधिकारीका हकमा सार्वजनिक गर्ने अभ्यास चलिआएको छ । यद्यपि, यसअघि सरकारमा गएकाहरू पनि सम्पत्ति सार्वजनिक गर्ने मामिलामा अनुदार नै देखिएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - ०९:२२
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...
चैत्र ९ गते, २०८२ - ०९:१८
काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...
चैत्र ९ गते, २०८२ - ०९:११
काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...
चैत्र ९ गते, २०८२ - ०७:५२
काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...
चैत्र ९ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...
चैत्र ९ गते, २०८२ - ०७:३९
काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...
चैत्र ९ गते, २०८२ - ०७:३३
काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...
चैत्र ९ गते, २०८२ - ०७:२९
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...
चैत्र ९ गते, २०८२ - ०७:२५
कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...
चैत्र ९ गते, २०८२ - ०७:१७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...


प्रतिकृया लेख्नुहोस्: