रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खुलेको छ । पक्राउपछि सार्वजनिक गरिएको विवरणअनुसार गोली चलाउने व्यक्ति लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय भोग्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका–४ काभ्रे गाउँका ३३ वर्षीय किरण भन्ने लेखराज केसीले मंसिर २० गते दिउँसो करिब १ः३० बजे सुन लुट्ने उद्देश्यले उक्त सुनचाँदी पसलमा गोली प्रहार गरेका थिए । घटनामा पसलमा काम गर्ने १८ वर्षीय दीपक सुनार घाइते भएका थिए ।
अनुसन्धानका क्रममा केसी रूकुम जिल्ला अदालत मुसिकोटबाट २०७७ फागुन २७ गते अफिम ओसारपसार मुद्दामा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला भोगिरहेका कैदी रहेको खुलेको हो । उनी तुलसीपुरस्थित कारागारमा रहँदा भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा फरार भएका थिए ।
प्रहरीका अनुसार गोली प्रहारपछि भाग्ने क्रममा केसीले रा१प २६४९ नम्बरको मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए । प्रारम्भिक बयानमा उनले लमही बजारबाट करिब डेढ करोड रुपैयाँ बराबरको सुनका गरगहना लुट्ने योजना बनाएको स्वीकार गरेका छन् ।
अनुसन्धानमा केसीले आफ्नै भान्जा नाता पर्ने बंगलाचुली–४ का २७ वर्षीय सुमन हौजाली मगरलाई फोन गरी आफूसँग पेस्तोल र छ राउण्ड गोली रहेको जानकारी दिँदै लुटपाटको योजना सुनाएको खुलेको छ । तर, सुमन लुटपाटमा प्रत्यक्ष संलग्न नभएको प्रहरीको निष्कर्ष छ ।
प्रहरीका अनुसार मंसिर १५ गते बिहान केसी बसेको स्थानमा सुत्ने विस्तराको सिरानीमुनि लुकाइ राखिएको सानो पेस्तोल र त्यसमा प्रयोग हुने छ राउण्ड गोली १६ वर्षीय प्रेम चौधरीले देखेका थिए । दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा निवासी चौधरीलाई हतियारबारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएको पनि अनुसन्धानबाट खुलेको छ ।
केसी पुस ४ गते बिहान ७ बजेतिर राजपुर गाउँपालिका–१ स्थित मारुनी खोलाको जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दाङ जिल्ला अदालतबाट पुस ४ गतेदेखि लागू हुने गरी आठ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।
प्रहरीका अनुसार केसी कारागारबाट फरार भएपछि भारतमा लुकेर बसेको र पछि नेपाल फर्किएर लुटपाटको योजना बनाएको खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: