काठमाडौं । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का ७ पद डेढ महिनादेखि रिक्त रहे पनि अझै बढुवा हुन सकेको छैन।
गत कात्तिक ९ गते एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अभिनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भई एक सातापछि दर्ज्यानी चिह्न प्राप्त गरेसँगै ५ एसएसपी पद रिक्त भएको थियो। त्यसपछि मंसिर १ गते एसएसपी विश्व अधिकारी पनि डीआईजी बढुवामा सिफारिस भएपछि रिक्त संख्या ६ पुगेको थियो।
यही बीचमा एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएका थिए, जसको राजीनामा स्वीकृत भएसँगै नेपाल प्रहरीमा रिक्त एसएसपीको संख्या ७ पुगेको हो। तर रिक्त भएको डेढ महिना बितिसक्दा समेत बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन।
प्रहरी प्रधान कार्यालयका अनुसार बढुवामा ढिलाइ हुनुको मुख्य कारण प्राविधिकतर्फका दुई एसएसपी दरबन्दीलाई जनपदतर्फ मिलान गर्ने तयारी हो। यसका लागि आवश्यक संगठन व्यवस्थापन तथा सर्वेक्षण ९इ७:० गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भइसकेको छ र हाल सोही प्रक्रियामा काम भइरहेको जनाइएको छ।
दरबन्दी मिलान सम्पन्न भएपछि बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने तयारी गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा प्रशासन विभागले जनाएको छ। यसअघि सशस्त्र प्रहरी बलले पनि दरबन्दी मिलानमार्फत तीन डीआईजी र एक एसएसपीको दरबन्दी थप गरेको थियो।
रिक्त ७ एसएसपी पदका लागि करिब दुई दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन्। बढुवाको दौडमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्रप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर बिष्टलगायत वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्र सिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवासचन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना र रमेश पण्डित रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १७:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...
चैत्र १२ गते, २०८२ - १७:१८
काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...
चैत्र १२ गते, २०८२ - १७:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:४८
इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...
चैत्र १२ गते, २०८२ - १६:३२
काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...
चैत्र १२ गते, २०८२ - १६:१८
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...
चैत्र १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...
चैत्र १२ गते, २०८२ - १४:३६
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...



प्रतिकृया लेख्नुहोस्: