काठमाडौं । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का ७ पद डेढ महिनादेखि रिक्त रहे पनि अझै बढुवा हुन सकेको छैन।
गत कात्तिक ९ गते एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अभिनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भई एक सातापछि दर्ज्यानी चिह्न प्राप्त गरेसँगै ५ एसएसपी पद रिक्त भएको थियो। त्यसपछि मंसिर १ गते एसएसपी विश्व अधिकारी पनि डीआईजी बढुवामा सिफारिस भएपछि रिक्त संख्या ६ पुगेको थियो।
यही बीचमा एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएका थिए, जसको राजीनामा स्वीकृत भएसँगै नेपाल प्रहरीमा रिक्त एसएसपीको संख्या ७ पुगेको हो। तर रिक्त भएको डेढ महिना बितिसक्दा समेत बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन।
प्रहरी प्रधान कार्यालयका अनुसार बढुवामा ढिलाइ हुनुको मुख्य कारण प्राविधिकतर्फका दुई एसएसपी दरबन्दीलाई जनपदतर्फ मिलान गर्ने तयारी हो। यसका लागि आवश्यक संगठन व्यवस्थापन तथा सर्वेक्षण ९इ७:० गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भइसकेको छ र हाल सोही प्रक्रियामा काम भइरहेको जनाइएको छ।
दरबन्दी मिलान सम्पन्न भएपछि बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने तयारी गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा प्रशासन विभागले जनाएको छ। यसअघि सशस्त्र प्रहरी बलले पनि दरबन्दी मिलानमार्फत तीन डीआईजी र एक एसएसपीको दरबन्दी थप गरेको थियो।
रिक्त ७ एसएसपी पदका लागि करिब दुई दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन्। बढुवाको दौडमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्रप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर बिष्टलगायत वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्र सिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवासचन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना र रमेश पण्डित रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: