Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु

८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रमा २ हजार ३ सय क्यामरा जडान

खबरडबली संवाददाता

काठमाडौँ । आजदेखि देशभर पाँचौँ राष्ट्रिय बाघ गणना सुरु भएको छ। चितवन, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी करिडोर क्षेत्रमा वैज्ञानिक विधिबाट बाघको संख्या गणना गरिँदैछ।

तीन वटा ब्लकमा विभाजन गरेर गरिने यस गणनाका लागि २ हजार ३ सय स्वचालित क्यामरा प्रयोग गरिँदैछन्। करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाघको बासस्थान, संख्या र आहार प्रजातिबारे अध्ययन तथा अनुगमन गरिनेछ।

यसअघि सन् २०२२ मा सम्पन्न चौथो गणनामा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो। यसपटक क्यामराको संख्या बढाइएकाले तथ्यांक अझै यथार्थपरक हुने अपेक्षा गरिएको छ। बाघ गणना चैत महिनासम्म सञ्चालन हुनेछ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ (WWF) र जेडएसएल (ZSL) लगायतका संस्थाको सहकार्यमा गणना हुँदैछ। देशभर करिब २ सय ५० जना दक्ष जनशक्ति गणनामा खटिनेछन्।

नेपालमा सन् २००९ देखि स्वचालित क्यामरा ट्र्यापिङ विधिबाट बाघको संख्या यकिन गरिँदै आएको छ। पाँचौँ राष्ट्रिय बाघ गणनाको नतिजा सन् २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिनेछ।

सन् २०२२ मा गरिएको पछिल्लो गणनाअनुसार नेपालमा ३ सय ५५ वटा बाघ रहेका थिए। यसपटकको गणनाले संरक्षण प्रयासको प्रभावकारिता मूल्याङ्कन गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending