Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

धुलो–धुवाँ र जोखिमपूर्ण सडकले थकित स्थानीयः कपुरकोट–कोइला सडकखण्डमा टिप्पर बन्द

जीर्ण कपुरकोट कोइला सडकखण्डमा धुलो उडाउँदै गुडिरहेका टिप्पर । तस्बिरः शंकर केसी गाेरखापत्र
खबरडबली संवाददाता

सल्यान । कपुरकोटदेखि रोल्पाको कोइला सडकखण्डमा चल्ने चुनढुङ्गा र सिमेन्ट उद्योगका भारी टिप्पर बन्द गराउन स्थानीय फेरि आन्दोलित भएका छन्। वर्षौंदेखि अत्यधिक धुलो, भत्किएको सडक, खाल्डाखुल्डी र टिप्परको तीव्र आवतजावतका कारण स्वास्थ्य, बालबालिकाको सुरक्षा र दैनिक जीवनमा गम्भीर असर परेको भन्दै स्थानीय निर्णायक कदमका लागि सडकमै उत्रिएका हुन्।

बिहीबार बिहानदेखि सडकमा टिप्पर सञ्चालन पूर्ण रूपमा रोकिएको छ। निर्णयको अवज्ञा भए सयौँ स्थानीय सडकमै उत्रने चेतावनी मिलन बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर बिकले दिए। सडक पूर्ण रूपमा कालोपत्रे नहुँदासम्म भारी टिप्पर नचलाउने स्थानीयको अडान छ।

बुधबार मिलन बजार व्यवस्थापन समिति र मिलनबजार युवा क्लबको संयुक्त नेतृत्वमा बसेको भेलाले १२७ भन्दा बढी स्थानीयको उपस्थितिमा टिप्पर रोक्ने निर्णय गरेको थियो। सो निर्णय जिल्ला प्रशासन, जिल्ला प्रहरी, कपुरकोट गाउँपालिका तथा अन्य सम्बन्धित निकायलाई आधिकारिक रूपमा पठाइएको छ।

धुलो, दुर्घटना जोखिम र स्वास्थ्य समस्या मुख्य पीडा

स्थानीयका अनुसार कपुरकोट–कोइला सडकखण्डमा सिमेन्ट उद्योगका भारी गाडीले वर्षौंदेखि सडक भत्काइरहेका छन्।  अत्यधिक धुलोले बालबालिका र बृद्धबृद्धाको स्वास्थ्यमा असर पर्नुका साथै विद्यालय जाने विद्यार्थीको सुरक्षा जोखिम भएकाे छ । यस्तै पैदल यात्री र साना सवारी दैनिक सास्तीमा पर्नुका साथै वातावरणीय प्रदूषण तीव्र भएकाे छ ।

यी समस्याबारे स्थानीयले पटक–पटक गुनासो उठाउँदै आए पनि समाधान नआएपछि अन्ततः कडा कदम चालिएको हो।

स्थानीयको मागः सहमति कार्यान्वयन र सडक मर्मत

२०७९ सालमै उद्योग, स्थानीय तह र टिप्पर व्यवसायीबीच सात बुँदे सहमति भएको थियो तर कार्यान्वयन नहुँदा स्थानीय निराश बनेका छन्।

सहमतिमा मुख्यतया सडकको नियमित मर्मत–सम्भार, धुलो नियन्त्रणका उपाय, दीर्घकालीन समाधानका लागि आरसिसी ढलान/कालोपत्रेको पहल र विद्यार्थीको सुरक्षाका लागि समय मिलाएर टिप्पर सञ्चालन गर्नु पर्ने स्थानीयका माग रहेका छन् । 

यसैगरी गाउँपालिकासँग साझेदारीमा प्रभावित क्षेत्रका नागरिकका लागि २५ लाख वार्षिक सामाजिक उत्तरदायित्व बजेट उपलब्ध गर्नु पर्ने,  घर चर्किएको वा क्षति पुगेको अवस्थामा मर्मत  गर्नु पर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनु पर्ने जस्ता बुँदा स्थानीयका मागमा समेटिएका थिए। तर यी कार्यहरू उद्योगहरूले पालन नगरेको स्थानीयको आरोप छ।

अब सडक कालोपत्रे नहुँदासम्म टिप्पर बन्द

सडक मर्मत र व्यवस्थापनमा वास्तविक प्रगति नदेखिँदासम्म टिप्पर चल्न नदिने स्थानीयको अडान स्पष्ट छ ।

वर्षौँदेखिको पीडा अब रोक्नैपर्ने भन्दै स्थानीय एकमत भएका छन्। स्थानीयको यो कडा निर्णयसँगै उद्योगी, गाउँपालिका, जिल्लास्तर तथा प्रदेश–संघ सरकारबिच तत्काल समाधान खोज्न दबाब बढेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगदेशमा नेकपाको सम्पर्क कार्यालय, दीपशिखा र भीष्मद्वारा उद्घाटन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...

ओली सरकारले युवालाई गोली ठोक्दा वाम आन्दोलनकाे बदनाम भयो: खतिवडा

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...

९ सिटबाट जनयुद्ध, २२९ सिटमा सरकार, फेरि ‘एक्लै मैदान’मा गएकाे नेकपाकाे इतिहास दोहोरिन्छ कि मोडिन्छ ?

काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...

ठुटे सिङ लिएर सिंगौरी खेल्न आउनेहरूबाट देश बन्दैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE