काठमाडौँ । राजधानीको एक ऐतिहासिक र महत्त्वपूर्ण जलस्रोत येंगा हिटीमा करिब पाँच दशकपछि पानी पुनः प्रवाह भएको छ। करिब पन्ध्र सय वर्षअघिदेखि स्थानीय समुदायलाई सेवामूलक रूपमा पानी उपलब्ध गराउँदै आएको यो हिटी समयसँगै अवरुद्ध र जीर्ण बन्दै गएको थियो।
दीर्घकालसम्म स्थानीयबासिन्दाले आफ्नो तहबाट संरक्षण गर्दै आएको यस हिटीको व्यापक पुनर्स्थापना कार्य भने हालै येगा क्लब र चिभा चैत्य अर्गनाइजेसनको सहकार्यमा सम्पन्न गरियो। यस परियोजनामा वर्ल्ड मोनुमेन्ट्स फन्ड तथा नेपालस्थित अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको महत्वपूर्ण सहयोग रह्यो।
जीर्णोद्धार सम्पन्न भएसँगै करिब ५० वर्षपछि हिटीमा पुनः पानी बग्न थालेको छ। पुनर्स्थापना कार्यले मात्र होइन, हिटी क्षेत्रको दीर्घकालीन सुरक्षा र संरक्षणका लागि सीसी क्यामेरा समेत जडान गरिएको छ।
यो सम्पदा २०२२ को वर्ल्ड मोनुमेन्ट्स वाच सूचीमा समावेश गरिएको थियो। वर्ल्ड मोनुमेन्ट्स फन्डले काठमाडौँ उपत्यकाका हिटी संरक्षण परियोजना (२०२३–२०२६) अन्तर्गत यसको पुनर्जागरणलाई प्राथमिकताका साथ अघि बढाएको थियो।
यस कार्यमा अमेरिकी दूतावासको सहयोगसँगै द रोबर्ट डब्ल्यु विल्सन च्यारिटेबल ट्रस्ट, वाच कमिटी अफ वर्ल्ड मोनुमेन्ट्स फन्ड, अमेरिकन एक्सप्रेस, आइरन माउन्टेन लगायत अन्तर्राष्ट्रिय संस्थाहरूले पनि उल्लेखनीय योगदान दिएका छन्।
येंगा हिटीमा पुनः पानी बग्न थालेसँगै स्थानीय समुदायमा निकै खुसी र उत्साह छाएको छ। यो सफलता काठमाडौँ उपत्यकाका परम्परागत जलस्रोत पुनर्जीवनको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ११:५६
धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...
मंसिर २६ गते, २०८२ - ११:५१
तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...
मंसिर २६ गते, २०८२ - ११:३०
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...
मंसिर २६ गते, २०८२ - ११:२७
मकवानपुर । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...
मंसिर २६ गते, २०८२ - १०:५८
धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...
मंसिर २६ गते, २०८२ - १०:५४
सल्यान । कपुरकोटदेखि रोल्पाको कोइला सडकखण्डमा चल्ने चुनढुङ्गा र सिमेन्ट उद्योगका भारी टिप्पर बन्द गराउन स्थानीय फेरि आन्दोलित भएका छन्। वर्षौंदेखि अत्...
मंसिर २६ गते, २०८२ - १०:४७
काठमाडौं । पछिल्लाे समय नेपाली बजारमा चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भएकाे छ । आज सुन चाँदी दुबैको मूल्य बढेर चादीकाे मूल्यमा नयाँ रेकर्ड का...
मंसिर २६ गते, २०८२ - १०:४१
काठमाडौँ । राजधानीको एक ऐतिहासिक र महत्त्वपूर्ण जलस्रोत येंगा हिटीमा करिब पाँच दशकपछि पानी पुनः प्रवाह भएको छ। करिब पन्ध्र सय वर्षअघिदेखि स्थानीय समुद...




प्रतिकृया लेख्नुहोस्: