काठमाडौँ । राजधानीको एक ऐतिहासिक र महत्त्वपूर्ण जलस्रोत येंगा हिटीमा करिब पाँच दशकपछि पानी पुनः प्रवाह भएको छ। करिब पन्ध्र सय वर्षअघिदेखि स्थानीय समुदायलाई सेवामूलक रूपमा पानी उपलब्ध गराउँदै आएको यो हिटी समयसँगै अवरुद्ध र जीर्ण बन्दै गएको थियो।
दीर्घकालसम्म स्थानीयबासिन्दाले आफ्नो तहबाट संरक्षण गर्दै आएको यस हिटीको व्यापक पुनर्स्थापना कार्य भने हालै येगा क्लब र चिभा चैत्य अर्गनाइजेसनको सहकार्यमा सम्पन्न गरियो। यस परियोजनामा वर्ल्ड मोनुमेन्ट्स फन्ड तथा नेपालस्थित अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको महत्वपूर्ण सहयोग रह्यो।
जीर्णोद्धार सम्पन्न भएसँगै करिब ५० वर्षपछि हिटीमा पुनः पानी बग्न थालेको छ। पुनर्स्थापना कार्यले मात्र होइन, हिटी क्षेत्रको दीर्घकालीन सुरक्षा र संरक्षणका लागि सीसी क्यामेरा समेत जडान गरिएको छ।
यो सम्पदा २०२२ को वर्ल्ड मोनुमेन्ट्स वाच सूचीमा समावेश गरिएको थियो। वर्ल्ड मोनुमेन्ट्स फन्डले काठमाडौँ उपत्यकाका हिटी संरक्षण परियोजना (२०२३–२०२६) अन्तर्गत यसको पुनर्जागरणलाई प्राथमिकताका साथ अघि बढाएको थियो।
यस कार्यमा अमेरिकी दूतावासको सहयोगसँगै द रोबर्ट डब्ल्यु विल्सन च्यारिटेबल ट्रस्ट, वाच कमिटी अफ वर्ल्ड मोनुमेन्ट्स फन्ड, अमेरिकन एक्सप्रेस, आइरन माउन्टेन लगायत अन्तर्राष्ट्रिय संस्थाहरूले पनि उल्लेखनीय योगदान दिएका छन्।
येंगा हिटीमा पुनः पानी बग्न थालेसँगै स्थानीय समुदायमा निकै खुसी र उत्साह छाएको छ। यो सफलता काठमाडौँ उपत्यकाका परम्परागत जलस्रोत पुनर्जीवनको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: