दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुल नजिक भएको बस दुर्घटनामा घाइते भएका २२ जना उपचारपछि डिस्चार्ज भएका छन्। डडेल्धुराबाट काठमाडौँ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस मंगलबार दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रनाउ चक्रबहादुर शाहका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य छ।
दुर्घटनामा संलग्न बस चालक राजेन्द्र कैनी (३६) लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
डिस्चार्ज भएका घाइते
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार दुर्घटनामा घाइतेहरुको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने घाइतेहरुमा डडेल्धुरा नवदुर्गा गाउँपालिका निवासी २१ वर्षीय रिक्से धामी, अजयमेरु गाउँपालिका–१, डडेल्धुरा निवासी, २७ वर्षीय नरेश ताम्राकार, अमरगढी नगरपालिका–७, हाल पोखरा निवासी ३२ वर्षीय शिवराज भट्टराई, नवदुर्गा गाउँपालिका–२, बेतपानी निवासी २८ वर्षीय खगेन्द्र बिके र २७ वर्षीया सञ्जा महरा रहेका छन् ।
त्यसैगरी, परशुराम नगरपालिका–५, डडेल्धुरा निवासी २२ वर्षीय नरेन्द्रप्रसाद भट्टराई, कैलाली, गोदावरी नगरपालिका–१०, अत्तरिया निवासी ३७ वर्षीय महेन्द्र ओड, बैतडी मेलैरी नगरपालिका–३ निवासी ३८ वर्षीय धुब चन्द, डडेल्धुरा भागेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय विक्रम धामी, नवदुर्गा गाउँपालिका–४, डडेल्धुरा निवासी ४७ वर्षीया पार्वती बिष्ट, कैलाली महोलिया गाउँपालिका–१ निवासी १ वर्षीय टेकबहादुर थापा, नवदुर्गा गाउँपालिका–२, डडेल्धुरा निवासी १९ वर्षीय धनबहादुर ऐर, बैतडी सिँगास गाउँपालिका–३ निवासी ३५ वर्षीया यशोधा धामी, उहाँकी एक वर्षीय छोरी रिषिका बोहोरा, नवदुर्गा गाउँपालिका–१, डडेल्धुरा निवासी ४२ वर्षीय जितेन्द्र बुढा ऐर रहेका छन् ।
त्यसैगरी, अमरगढी नगरपालिका–९ निवासी ३१ वर्षीया देवी साकी, प्युठान झिमुरुक गाउँपालिका–१ निवासी २७ वर्षीया कमला गिरी, अमरगढी नगरपालिका–९ निवासी ३९ वर्षीय मोहनसिंह साकी, सोही ठाउँ निवासी ५ वर्षीय योगेश साकी, अमरगढीकै ६ निवासी १७ वर्षीय साजन कैनी, नवदुर्गा गाउँपालिका–१ निवासी २२ वर्षीया जुना बुढा र ५२ वर्षीया भुनुदेवी साउद रहनुभएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिएका छन ।
उहाँका अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको र बस चालक डडेल्धुरा अम्मरगढी नगरपालिका–७ निवासी ३६ वर्षीय राजेन्द्र कैनीलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: