Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

तीन दलको बैठकमा किन झोक्किए प्रचण्ड ?

\"Prachanda_shirsha\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस÷नेकपा एमाले र एमाओवादीको तीन दलीय बैठकमा ‘संविधान निर्माणका लागि गरिएको सहमतिप्रति कोही नढगमगाउन’ भन्दै थर्काएका छन् । एउटा स्वाधिन राष्ट्रले संविधान निर्माण गर्दा नाकाबन्दी खेप्नुपरिरहेको भन्दै प्रचण्डले आक्रोसपूर्ण रुपमा नेताहरुलाई सचेत गराएका थिए । बैठक स्रोतले भन्यो,–प्रचण्ड निकै आक्रामक रुपमा प्रस्तुत भए । उनले भारतीय हस्तक्षेप भईरहेको र नेताहरु आफ्नो देशको हितमा अडिन थालेपछि अनावश्यक दवाव खेप्न परिरहेको प्रति इंगित गर्दै नेताहरुसँग नहल्लिन र नझुक्न आग्रह गरेका थिए । पछिल्लो चरण मुख्य दलका नेताहरुलाई फुटाउन खोजिएको र संविधान निर्माणपछि बन्ने सरकार यसअघिको सहमतिअनुसार हुन नदिने खेलमा कोही लागिरहेको बताएका थिए । स्रोतले प्रचण्डलाई उल्लेख गर्दै भन्यो, –‘अब बन्ने प्रधानमन्त्रीलाई टेण्डर हाल्दै हिडिएँको छ । हामी खुट्टा उचाल्न थालेका छौं । के हामीले संविधान निर्माणपूर्व गरेको सहमति भुलेका हौं ?’ प्रचण्डले जनता स्वभिमानि भएको र नझुक्न खबरदारी गर्दै गरेको बेलामा नेताहरु स्वार्थमा अल्झन नहुने बरु नाकाबन्दीको विकल्प खोज्नुपर्ने बताएका थिए । उनले सरकारले नाकाबन्दीको बिकल्प खोज्न नसकेको र जनताप्रति अनुत्तरदायी रहेकोमा असन्तुष्टी समेत पोखेका थिए । जनता नाकाबन्दीको बिरद्ध लड्न र भोकै बस्न तयार हुँदा सरकारका जिम्मेवार नेताहरुले उल्टो बोल्दै हिडेकोमा समेत प्रचण्ड असन्तुष्ट छन् । स्रोतका अनुसार प्रचण्डले अहिले भारतीय नाकाबन्दीको विकल्पमा चिनिया पषसँग उत्तरका नाका खोल्न कुटनितिक पहल गरिरहेका छन् भने मधेस आन्दोलनका जायज मागहरु पुरा गरेर समाधान गर्नसमेत पहल गरिरहेका छन् । प्रचण्ड आन्तरिक मामला आफै सल्ट्याएर भारतलाई जवाफ दिन चाहन्छन् । नेपाली कांग्रेस तथा सरकारमा सहभागी मन्त्रीहरु भारतपरस्त भएका हुन् कि भन्ने प्रचण्डको  शंका छ । बैठकमा प्रचण्ड झोक्किएपछि अरु नेताहरु खासै बोलेनन् । न त उनको उत्तर नै कसैले दियो । यसअघि भारतीय गुप्तचर संस्था ‘र’ का पूर्वप्रमुख अवधेस विहारी माथुरले नेपालका सबैजसो नेताहरुलाई भेट्नुका साथै सम्भावित नेताहरुलाई प्रधानमन्त्री बन्न आग्रह गरेको समाचार प्रकाशित भएको थियो । भारतीय संस्थापन पक्ष नेपालका ठुला दलका नेताहरु प्रचण्ड, केपी शर्मा ओली र सुशिल कोईरालासँग चिढिएको छ । भारतीय स्वार्थअनुसार संविधान निर्माण नगरेको भन्दै मुख्य त एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भारत बदला लिने रणनितिमा छ । संविधान निर्माण गर्नुपूर्व दलहरुविच संविधान निर्माण पश्चात सुशिल कोईरालाले राजिनामा दिएर उमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको अनुमान गरिएको छ । भारतीय संस्थापन पक्ष बदला स्वरुप नेपालमा अबको प्रधानमन्त्री ओलीलाई नबनाउने योजनामा खेल्न थालेको नेताहरु बताउँछन् । प्रचण्डले तीन दलको बैठकमा मधेसका जायज मागहरु तत्काल सम्बोधन गर्न र भारतीय दादागिरीका विरुद्ध खरो उत्रन समेत आग्रह गरेको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending