Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

बैतडी कांग्रेसले छान्यो प्रतिनिधिसभा सदस्य उम्मेदवार, सभापति चन्दले पाए शतप्रतिशत मत

खबरडबली संवाददाता

बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ । 

शनिबार बैतडी सदरमुकाममा सम्पन्न  जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । 

पार्टीको केन्द्रीय निर्देशन अनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुङ्गिएपछि मत विभाजनबाट चयन गरिएको हो ।प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि ६ जना आकाङ्क्षी बीच प्रतिष्पर्धा भएको थियो ।

 जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधिहरू गरी उपस्थित ७३ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए । मत सर्वेक्षणमा आकाङ्क्षी ६ जना मध्ये कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्दले ७३ मत ल्याएर शतप्रतिशत प्राप्त गरेको छन् । 

पुर्व जिल्ला उप सभापति तथा पुर्व जि।वि।स उप सभापति विष्णु दत्त जोशीले ४५ मत प्राप्त गरेको छन् ।  यस्तै महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले ६ मत प्राप्त गरे भने जिल्ला उपसभापति वीरबहादुर बिष्टले ४ मत र प्रदेश सदस्य तेजबहादुर चन्दले ३ मत प्राप्त गरे।

महिलातर्फ जानकी भट्टमात्रै आकाङ्क्षी देखिएकाले उहाँको नाम सिफारिस गर्ने निर्णय भएको जिल्ला कार्य समितिका सचिव देवराज जोशीले बताए।

यस्तै समानुपातिकतर्फ एकजनाको नाम सिफारिस गर्नुपर्नेमा देवु ठगुन्ना र कान्ता चन्द आकाङ्क्षी भएपछि मत विभाजन गरिएको थियो । 

मत विभाजन अनुसार कान्ता चन्दले ४५ मत र देवु ठगुन्नाले २५ मत प्राप्त गरेको छन् । अब कान्ता चन्दको नाम समानुपातिकतर्फ सिफारिस गरिने सचिव जोशीले बताए ।

यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गर्ने निर्णय भएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थी, पूर्व महाधिवेशन प्रतिनिधि सुरेन्द्रबहादुर चन्द र नेता प्रताप ठगुन्नाको नाम सिफारिस गर्ने निर्णय भएको बताए।

शनिबार जिल्ला समन्वय समितिको बैतडीको सभाहल गढीमा बैठक बसेको हो । दिउँसो १ बजे सुरु भएको बैठकमा जिल्लाभरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

मत सर्वेक्षणको जिम्मेवारी पाउनुभएका नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष गणेशसिंह भण्डारीले तीन घण्टासम्म आकाङ्क्षी बीच सहमति जुटाउने प्रयास सफल नभएपछि केन्द्रको निर्देशन अनुसार मत विभाजन गरिएको बताए। 

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारका लागि नाम सिफारिस गर्ने पर्ने केन्द्रीय कार्यसमितिको गरेको परिपत्र अनुसार नेपाली कांग्रेस बैतडीले वृहत बैठक आयोजना गरेको पार्टीका जिल्ला कार्यसमिति सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए। 

कांग्रेसका केही महाधिवेशन प्रतिनिधि तथा सदस्यहरूले भने आफू र निकटका आकाङ्क्षीले उम्मेदवार सिफारिसमा मत कम पाए पछि  असन्तुष्टि जनाएको छन् ।

सहमतिबाटै उम्मेदवारको नाम टुङ्गो लगाउन पर्ने भन्दा पनि मतदान प्रक्रियामा गएर मतदान गरेपछि  आफूहरूको असहमति रहेको नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए। उनीहरूले निर्वाचनबाट उम्मेदवार सिफारिस गर्ने कामलाई अलोकतान्त्रिक भएको तर्क गरेको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली जग्गाधनी खडा अभियोग: मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...

तरुण दल अध्यक्ष विद्वान गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...

कांग्रेसद्वारा रामेछाप जिल्ला सभापति कान्छाराम निलम्बित, पूर्णबहादुर खड्काको फाइल तामेलीमा

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ ।  ललितपुरको बीपी...

राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेश तत्काल फिर्ता लिन नेपाल बारको आग्रह

काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...

सुधन गुरुङमाथि कस्तो छानबिन हुन्छ भन्ने कुरा हामी जानकारी गराउँछौं: रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...

सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...

सरकारको ‘हेपाहा प्रवृत्ति’ले संसद र लोकतन्त्र कमजोर बनाइरहेको छ: गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...

सभापति रवि लामिछानेले दिए सांसदहरूलाई १२ बुँदे निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...

अस्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु : ११ जना घाइते

अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए आन्दोलनमा जान बाध्य हुने एमालेको चेतावनी

काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending