Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

माओवादी पृष्ठभूमिका नेताको भाग्य संकटमा: एमाले ११औँ महाधिवेशनले तौलिँदै ‘दोस्रो जीवन’

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ सालमा भएको एकताले जन्मिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई वर्षपछि सर्वोच्च अदालतको फैसलाले २०७७ फागुन २३ मा अलग भएपछि पनि धेरै माओवादी पृष्ठभूमिका नेताहरू एमालेमै बसे । उनीहरूका लागि अब हुने एमालेको ११औँ महाधिवेशन दोस्रो महाधिवेशनका रूपमा हुनेछ।

१०औँ महाधिवेशनमा रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट र टोपबहादुर रायमाझी जस्ता पूर्वमाओवादी नेताहरू क्रमशः उपाध्यक्ष र सचिव बनेका थिए। तर रायमाझी भुटानी शरणार्थी ठगी प्रकरणमा जेलमा परेपछि उनी महाधिवेशन प्रक्रियाबाट बाहिर छन् भने थापा र भट्ट पदाधिकारीमै छन्।

प्रतिनिधि चयनमा माओवादी पृष्ठभूमिका नेताको जोडदार उपस्थिति

देशका अधिकांश प्रदेशबाट पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू महाधिवेशन प्रतिनिधि बनेका छन्।  कञ्चनपुर–१ बाट पूर्वमाओवादी वीरबहादुर थापा सबैभन्दा बढी मतसहित विजयी भएका छन्।

यसैगरी दार्चुलाबाट लालबहादुर विक र धर्मानन्द सिंह मन्याल विजयी भएका छन् भने अर्घाखाँची, दाङ, गण्डकी, मधेश, बागमती, झापा र मोरङसहित धेरै जिल्लाबाट पूर्वमाओवादीहरूको उपस्थिति रहेकाे छ ।

यस्तै कर्णालीबाट टेकबहादुर बोगटी, ब्यासी तिरुवा, जलशा बुढा, तीर्थराज बोहोरा र गणेशमान सिंह चयन भएका छन् । धेरै माओवादी पृष्ठभूमिका नेताहरू संस्थापन पक्षतिर खुलेका छन् भने केही मात्र संस्थापनइतर समूहमा देखिएका छन्।

थापा–भट्ट फेरि पदाधिकारी ?

पार्टीभित्र थापालाई पुनः उपाध्यक्ष र भट्टलाई सचिव बनाउन अध्यक्ष ओलीको मनसाय रहेको बताइन्छ। भट्टले आफू पदको दाबी नगर्ने तर पार्टी जे राख्छ त्यही मान्ने बताएका छन् ।

‘अध्यक्ष ओली नै चाहिन्छ’ – पूर्वमाओवादी नेताहरू

पोलिटब्युरो सदस्य ज्वाला साहले पूर्वमाओवादी भन्नुपर्ने आवश्यकता नभए पनि अध्यक्षमा ओलीलाई नै निरन्तरता दिनुपर्ने बताइन्।  कञ्चनपुरका थापा, दार्चुलाका मन्याल, सिराहाका रामप्रित राम, कोशीका टंक आङबुहाङ र धर्मराज रेग्मीसमेतले यसपटक केन्द्रीय सदस्यमा दाबी गर्ने तयारी गरेका छन्।

नेतृत्व प्रतिस्पर्धा भयो भने कसको भविष्य?

१० औँ महाधिवेशन सर्वसम्मतिबाट भएको थियो तर ११औँ महाधिवेशनमा प्रत्यक्ष प्रतिस्पर्धा हुने संकेत बढेको छ। यदि निर्वाचनमार्फत नेतृत्व चयन भयो भने माओवादी पृष्ठभूमिका नेताहरूले आफ्नो संरचनागत आधार गुमाउने आशंकाले पार्टीभित्र चासो र तरंग बढाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending