Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

एमालेभित्र अदृश्य शक्ति–सञ्चार, ओलीको विवादास्पद फोर्स निर्णयले पोखरेल उग्र

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू प्रमुख रहेको नीति तथा अनुसन्धान प्रतिष्ठानबाट महाधिवेशन प्रतिनिधि चयन नगरिएकोमा कडा आपत्ति जनाएका छन्।

आज शुक्रबार गुन्डु पुगेका पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै प्रतिष्ठानबाट प्रतिनिधि नआउनु अन्यायपूर्ण र पार्टीको स्थापित प्रक्रियाविपरीत भएको बताएका छन्।

पोखरेलले ओलीसँग भने, “प्रतिनिधि चयनको मापदण्ड एउटै हुनु पर्ने हो। नेशनल भोलियन्टर फोर्सको नाममा प्रतिनिधि आएको सुनेँ, तर पार्टीको आधिकारिक निर्णयबाट स्थापना भएको प्रतिष्ठानबाट प्रतिनिधि नआउने सर्कुलर किन?”

फोर्सबाट प्रतिनिधि, प्रतिष्ठानबाट होइन– पोखरेलको आक्रोश

एमालेले विभाग र समितिहरूबाट प्रतिनिधि पठाउने व्यवस्था गरेको छ। केन्द्रीय कार्यालयबाट समेत छुट्टै प्रतिनिधि आएका छन्। तर २०७९ साउनमा ओलीकै पहलमा स्थापना भएको प्रतिष्ठानबाट प्रतिनिधि नआउने निर्णयलाइ पोखरेलले ‘असंगत’ र ‘पार्टीभित्रै दोहोरो मापदण्ड’ को संज्ञा दिएका छन्।

उनको अडान थियो “पार्टीले निर्णय नै नगरेको फोर्सबाट प्रतिनिधि आउनु हुँदैन। जरुरी लागे मनोनीतबाट ल्याऔं तर संस्थागत संरचना कटौती गरेर बाहिरी संरचनालाई प्राथमिकता दिन मिल्दैन।”

ओलीको जवाफ– “प्रतिष्ठान अध्ययन–अनुसन्धानको ठाउँ हो”

जवाफमा अध्यक्ष ओलीले प्रतिष्ठानलाई राजनीतिक सहभागिताभन्दा बौद्धिक र अध्ययनमुखी संरचना भएको बताए। “त्यो त पढ्ने–लेख्ने क्षेत्रका लागि बनाइएको हो नि,” ओलीले भनेका थिए। तर पोखरेलले भने प्रतिष्ठान औपचारिक रूपमा स्थापित संस्थान भएकाले महाधिवेशन प्रतिनिधि हुनु नै पर्ने अडान दोहोर्याएका छन् ।

अरु नेताहरू पनि असन्तुष्ट

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराई पनि पोखरेलसँगै गुन्डु पुगेका थिए। ती नेताहरूले पनि प्रतिष्ठान, विवादित जिल्लाहरू र प्रतिनिधि छनोटका असमान प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेको स्रोतले जानकारी दियो।

ओखलढुँगा र धनकुटामा पुनः प्रतिनिधि चयन गर्ने निर्णय भए पनि अन्य विवादित जिल्लाबारे छलफल नगरेको भन्दै उनीहरूले ओलीको ध्यानाकर्षण गराएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: