Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

एमालेभित्र अदृश्य शक्ति–सञ्चार, ओलीको विवादास्पद फोर्स निर्णयले पोखरेल उग्र

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू प्रमुख रहेको नीति तथा अनुसन्धान प्रतिष्ठानबाट महाधिवेशन प्रतिनिधि चयन नगरिएकोमा कडा आपत्ति जनाएका छन्।

आज शुक्रबार गुन्डु पुगेका पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै प्रतिष्ठानबाट प्रतिनिधि नआउनु अन्यायपूर्ण र पार्टीको स्थापित प्रक्रियाविपरीत भएको बताएका छन्।

पोखरेलले ओलीसँग भने, “प्रतिनिधि चयनको मापदण्ड एउटै हुनु पर्ने हो। नेशनल भोलियन्टर फोर्सको नाममा प्रतिनिधि आएको सुनेँ, तर पार्टीको आधिकारिक निर्णयबाट स्थापना भएको प्रतिष्ठानबाट प्रतिनिधि नआउने सर्कुलर किन?”

फोर्सबाट प्रतिनिधि, प्रतिष्ठानबाट होइन– पोखरेलको आक्रोश

एमालेले विभाग र समितिहरूबाट प्रतिनिधि पठाउने व्यवस्था गरेको छ। केन्द्रीय कार्यालयबाट समेत छुट्टै प्रतिनिधि आएका छन्। तर २०७९ साउनमा ओलीकै पहलमा स्थापना भएको प्रतिष्ठानबाट प्रतिनिधि नआउने निर्णयलाइ पोखरेलले ‘असंगत’ र ‘पार्टीभित्रै दोहोरो मापदण्ड’ को संज्ञा दिएका छन्।

उनको अडान थियो “पार्टीले निर्णय नै नगरेको फोर्सबाट प्रतिनिधि आउनु हुँदैन। जरुरी लागे मनोनीतबाट ल्याऔं तर संस्थागत संरचना कटौती गरेर बाहिरी संरचनालाई प्राथमिकता दिन मिल्दैन।”

ओलीको जवाफ– “प्रतिष्ठान अध्ययन–अनुसन्धानको ठाउँ हो”

जवाफमा अध्यक्ष ओलीले प्रतिष्ठानलाई राजनीतिक सहभागिताभन्दा बौद्धिक र अध्ययनमुखी संरचना भएको बताए। “त्यो त पढ्ने–लेख्ने क्षेत्रका लागि बनाइएको हो नि,” ओलीले भनेका थिए। तर पोखरेलले भने प्रतिष्ठान औपचारिक रूपमा स्थापित संस्थान भएकाले महाधिवेशन प्रतिनिधि हुनु नै पर्ने अडान दोहोर्याएका छन् ।

अरु नेताहरू पनि असन्तुष्ट

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराई पनि पोखरेलसँगै गुन्डु पुगेका थिए। ती नेताहरूले पनि प्रतिष्ठान, विवादित जिल्लाहरू र प्रतिनिधि छनोटका असमान प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेको स्रोतले जानकारी दियो।

ओखलढुँगा र धनकुटामा पुनः प्रतिनिधि चयन गर्ने निर्णय भए पनि अन्य विवादित जिल्लाबारे छलफल नगरेको भन्दै उनीहरूले ओलीको ध्यानाकर्षण गराएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending