माेरङ । मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन पश्चिममा चार वर्षअघिदेखि निर्माण सुरु भएको १३२/३३ केभी क्षमताको केरौन सबस्टेसन निर्माणको अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको यो सबस्टेसन बनेपछि दक्षिणपूर्वी मोरङका ६१ हजार ग्राहकले ३० वर्षयता भोगेको विद्युत् भोल्टेजको समस्या स्थायी रूपमा समाधान हुने छ ।
सबस्टेसनका आयोजना प्रमुख दर्शन यादवका अनुसार एसियाली विकास बैङ्कको ८५ करोड रुपियाँ ऋण सहयोगमा सबस्टेसन निर्माण भइरहेको छ । उनले तेस्रो पटक थप भएको म्याद २०८२ को पुस १७ गतेसम्म अधिकांश निर्माण सम्पन्न हुने जानकारी दिए । हालसम्म भौतिक प्रगति ९१ प्रतिशत छ ।
२०७८ साउन २७ गते उक्त सबस्टेसन निर्माण गर्न एनर्जिपिक इन्जिनियरिङ–एस आर एसोसिएट्स इन्फ्रास्ट्रक्चर जेभीलाई ठेक्का प्रदान गरिएको थियो । निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०८० कात्तिक २५ गते आयोजना सम्पन्न हुनुपर्ने भए पनि दुई पटक म्याद थप गरी आयोजना अन्तिम चरणमा पुर्याइएको हो । “अन्तिम म्याद २०८२ पुस १७ गतेसम्म पूर्ण रूपमा काम सम्पन्न हुने अवस्था छैन तर प्राविधिक रूपमा ९५ प्रतिशत काम सकिने छ,” आयोजना प्रमुख यादवले भने, “बाँकी काम सम्पन्न गर्न थप एक महिना लाग्ने छ ।”
पर्याप्त क्षमताको सबस्टेसन नहुँदा दक्षिण मोरङका जनताले १७० केभी क्षमतामा मात्र विद्युत् उपभोग गर्न पाएका थिए । यो स्टेसन तयार भएपछि रङ्गेली वितरण केन्द्रबाट बिजुली बालिरहेका सबै खाले ग्राहकले ३० वर्ष पुरानो समस्याबाट मुक्ति पाउने छन् । रङ्गेली वितरण केन्द्रले हाल रङ्गेली, सुनबर्सी, रतुवामाई नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिकाका ५१ हजार १७९ घरधुरीमा विद्युत् सेवा दिएको छ ।
यस्तै ६७१ औद्योगिक उपभोक्ता छन् भने ८६७ विभिन्न सङ्घ संस्थाले विद्युत् सेवा लिएका छन् । सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि कुल ६१ हजार ८५५ ग्राहकले गुणस्तरीय सेवा पाउने अपेक्षा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: