Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको छ : प्रधनमन्त्री कार्की (सम्बोधनको पुर्णपाठसहित)

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको बताएको छिन् । ज्यापु संस्कृत विकास कोषले काठमाडौँको वसन्तपुर डबलीमा आयोजना गरेको २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै यस्तो बताएको हो । 

‘उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं संवर्धन सम्भव छ। ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु।’  

प्रधानमन्त्रीको सम्बोधनको पूरा पाठ यस प्रकार छ(

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूबाट २२औं राष्ट्रिय ज्यापू दिवस(२०८२ का अवसरमा व्यक्त मन्तव्य

सभाका अध्यक्षज्यू,

माननीय मन्त्रीज्यूहरु, 

उपस्थित सम्पूर्ण महानुभावहरु,

२२औं राष्ट्रिय ज्यापु दिवस तथा य:मरि पुन्हिको अवसरमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्न चाहन्छु। 

यो दिवस नेपालको मौलिक संस्कृति, कृषि परम्परा र नेवारी पहिचानलाई झल्काउने दिवस हो। यस दिवसले हामीलाई ज्यापु संस्कृति तथा योमरी पुन्हिको महत्त्वलाई सम्झाउँछ।

उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ। 

यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं संवर्धन सम्भव छ। ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु।

सरकारबाट प्राप्त सानो रकमको आर्थिक सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले दुई दशकभित्र निकै उपलब्धिहरु हासिल गरेको सुन्न पाउँदा म हर्षित छु। सम्बन्धित टोल गुठीहरु, स्थानीय समुदाय तथा संस्थामा कार्यरत लगनशील व्यक्तिहरुको इमान्दार प्रयासबाट यो उपलब्धि भएको हो भन्ने मैले विश्वास गरेकी छु।

टोलटोलमा रहेका धार्मिक तथा सांस्कृतिक गुठीहरु काठमाडौँ उपत्यकाको सभ्यताका आधार हुन्। गुठी संस्कार यहाँको रैथाने समुदायको जीवन शैली हो भन्ने लाग्छ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र गुठी सस्ंथान मातहतमा रही ज्यापु समुदायले सञ्चालन गरेका नित्यपूजा, आरती, खटजात्रा, देवीनृत्य लगायत विभिन्न ५०० भन्दा बढी गुठीहरु रहेछन्। 

आज स्थानीय तहका सरकारको समेत आर्थिक सहयोगबाट रथ जात्राहरु र चाडपर्वहरु मनाउन सहयोग पुगिरहेको छ। परम्परागत चाडपर्व तथा संस्कृति प्रवर्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहको मलाई लागेको छ। 

संस्कृतिलाई पर्यटनसित जोडेर विश्व बजारमा प्रवर्धन गर्न खोजिरहेको सन्दर्भमा हाम्रा मौलिक निधिहरुको जगेर्ना गर्न विशेष ध्यान दिनु पनि आवश्यक छ। 

नागरिकहरुबीच एकआपसमा सद्भाव, पुर्खाहरुको सम्मान र युवाहरुलाई प्रोत्साहन गर्न पनि यस्ता सास्ंकृतिक अभियानहरुको आवश्यकता छ। यस दिशामा तपाईँहरुले खेलिरहनुभएको भूमिका उल्लेख्य छ। यसमा सरकारबाट निरन्तर सहयोग हुने विश्वास पनि दिलाउन चाहन्छु।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घटनाहरुबाट हामीले एउटा पाठ सिक्नुपरेको छ। मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस-वास-कपासको सुनिश्चितताको माग गरेको छ। ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ-आफ्नो ठाउँबाट लाग्न आवश्यक छ। 

यसका अतिरिक्त सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो। तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ। यस अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोगको अपेक्षा गर्दछौँ। 

अन्त्यमा, पुन: २२औं ज्यापु दिवस तथा य:मरि पुन्हिको अवसरमा देश(विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्न चाहन्छु। 

साथै परम्परागत गुठीका गुरुहरु र आयोजक संस्थाका पदाधिकारीहरु लगायत सबैलाई धन्यवाद। 

२०८२ मंसिर १८ गते बिहीबार 

नेपाल सम्वत् ११४६ थिंला पुन्हि योमरी पुन्हि

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बन्ने

काठमाडौं । बालेन्द्र साह (बालेन)नेतृत्वको सरकारमा सुनिल लम्साल मन्त्री बन्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री समेत रहेका उ...

बालेन नेतृत्वको सरकारका १५ मन्त्रीको सूची सार्वजनिक

काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम टुंगो लागेको छ। विभिन्न मन्त्रालयमा जिम्मेवारी बाँडफाँड गर्दै मन्त्रिपरिषद् गठनको प...

डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल लाई प्रतिनिधिसभाको सभामुख बनाउने सहमति भएको छ। रास्वपा सभापति रवि लामिछाने र प...

बालेन रास्वपाको संसदीय दलको नेतामा चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...

शपथलगत्तै सर्वोच्च पुगे बालेन शाह

काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...

बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

जिबुती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता

इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...

यातायात कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending