गोरखा । उधौली लागेसँगै लेकका गोठ उधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिए ।
चुमनुब्री–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेँडा पालन हुने गाउँ हो । यहाँबाट दैनिक जगत हुँदै लावालस्कर लागेर भेँडा गोरखा, धादिङ, लमजुङका बेँसीतिर लैजान थालिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताए ।
‘बुधार मात्रै ३०० जति भेँडा तल झारेका थिए । आज तीन जना गोठालाका ३४० वटा भेँडा एकैपटक लावालस्कर लाएर तल झारिरहेका छन्’, उनले भने, ‘गोठालाहरू कुकुरसहित टोली बनाएर हिँड्छन् । बाटोबाटो भेँडा बेच्दै गुजारा चलाउँदै वैशाख लागेपछि नबिकेका भेँडाको बथान लिएर गाउँ फर्कन्छन् ।’
पाङसिङका १५० घरधुरीमध्ये करिब ७० घरका किसानले भेँडाबाख्रा पालन गरेका वडासदस्य गुरुङले जानकारी दिए । ‘भेँडाबाख्रा लेकको गोठबाट पाङसिङ गाउँमा झार्न थालेको एक महिना भयो । अहिले पाङसिङबाट तल झार्न थालिएको छ’, उनले भने, ‘यहाँबाट खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लमजुङतिर झारिन्छ । कोही गोठालाले आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म झार्ने चलन छ ।’
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार चुमनुब्रीमा १६ हजार ५०० भेँडा र आठ हजार ५०० बाख्रापालन गरिन्छ । त्यस्तै छ हजार ५०० याक तथा चौरी पालन हुँदै आएको केन्द्रका प्रमुख अनन्त कोइरालाले जानकारी दिए । लेकबाट बेँसी झार्ने पनि मौलिक परम्परा छ ।
‘लेकको गोठबाट बेँसी झार्ने बेला राम्रो बार हेरेर सुरु गरिन्छ । लेकको गोठबाट पनि एकै दिनमा बेँसी झार्दैनन् । हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइपुर्याउँछन्’, पाङसिङका विकास गुरुङले भने, ‘गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजान चाँही विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ ।’
अहिले धमाधम गाउँबाट जगत, तातोपानी, खोर्ला, माछाखोला, आरुघाटतिर भेँडा लैजान थालिएको उनले बताए । ‘अहिले बेँसी झारिएका भेँडाबाख्रा आगामी जेठ दोस्रो साता उभौली लागेपछि लेकको गोठतिर पुर्याउन तालिन्छ’, उनले भने ।
‘शरीरमा बाक्लो रौँ हुने भएकाले याक चाँही लेकमा छोड्छन् । पातलो रौँ हुने भएकाले चौँरी मात्र बेँसी झार्ने चलन छ’, चुमनुब्री–७ का वडाध्यक्ष टाँसी दोर्जे लामाले भने, ‘बेँसी झार्दा पनि र पछि जेठको दोस्रो सातातिर लेक लैजाँदा पनि लामाले साइत हेरेर विधि पुर्याएपछि लैजाने चलन छ ।’
भेँडाबाख्रा पालन गर्ने किसान बढी भएकाले चुमनुब्री–३ मा गोठालालाई प्रोत्साहन कार्यक्रम लागू गरिएको छ । ‘गोठालालाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत, खानेपानीको व्यवस्था, बस्न त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गरेका छौँ”, चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङले भने, ‘गाउँपालिकाको ८० प्रतिशत र गोठालाको २० प्रतिशत लागत साझेदारीमा यो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ ।’
पालिकाले किसानलाई प्रोत्साहन दिन कार्यक्रम सञ्चालन गरे पनि बर्सेनि भेँडाबाख्रा पालन गर्ने किसानको सङ्ख्या घटिरहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...
मंसिर २० गते, २०८२ - १२:४७
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...
मंसिर २० गते, २०८२ - १२:३३
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...
मंसिर २० गते, २०८२ - ११:४१
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...
मंसिर २० गते, २०८२ - ११:३०
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...
मंसिर १९ गते, २०८२ - १६:५९
हुम्ला। उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाक...




प्रतिकृया लेख्नुहोस्: