काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनलाई लक्षित शुक्रबार नेताहरू आ–आफ्ना दाबी प्रस्तुत गरिरहँदा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उपमहासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले अध्यक्षका लागि केपी शर्मा ओलीलाई समर्थन जनाउँदै आफ्नो दाबी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।
आफू उपमहासचिव पदका लागि उपयुक्त उमेदवार भएको बताउँदै तामाङले भने, “अध्यक्षसँग पनि छलफल भइसकेको छ। मलाई अहिले उपमहासचिव पद उपयुक्त लागेकाले दाबी गरेको हुँ।”
एमाले भित्र नेतृत्व चयनका विषयमा विभिन्न समूहगत चर्चा भइरहेको बेला अध्यक्ष ओलीले पनि प्रतिस्पर्धात्मक प्रक्रियाबाटै नेतृत्व चयन हुने वातावरण बनाएको तामाङको भनाइ छ।
उम्मेदवारी अन्तिम रूपले कायम रहने कि परिवर्तन हुन सक्ने जिज्ञासामा तामाङले उत्तर दिए, “मैले अहिले उपमहासचिव नै भनेको छु, महाधिवेशनको अन्तिम चरणसम्म स्थिति हेरौँ।”
सिन्धुपाल्चोकका तामाङ पूर्वमन्त्रीसमेत रहेकाले संगठनभित्र उनको अनुभव बलियो मानिन्छ। उनी ओली प्यानलबाट उपमहासचिव पदका मुख्य दाबेदारका रूपमा अघि बढेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: