काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरू खुल्न थालेका छन् । महाधिवेशनको मिति घोषणा भएको केही दिनमै महामन्त्री गगन थापाले बुधबार ‘यक्ष प्रश्न’ टेलिभिजन कार्यक्रममार्फत सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
यसअघि नै संस्थापनइतर नेता डा. शेखर कोइरालाले सभापतिमा उठ्ने घोषणा गरिसकेका छन्।
त्यसैगरी सात पूर्व पदाधिकारीको समूह विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतले साझा उम्मेदवार बनाउने दाबी गरे पनि आन्तरिक सहमति जुट्न सकेको छैन।
यीमध्ये गच्छदार र महत बाहेक बाँकी पाँचै जना सभापति पदमा आकांक्षी छन्।
निधि र प्रकाशमानको इतिहास
१३ औं महाधिवेशनमा सभापतिमा उठेका निधि तेस्रो बनेका थिए। १४ औं मा उनी देउवासँग प्यानलमा गएका छन् । गत महाधिवेशनमा निधि र प्रकाशमान दुबैले सभापतिमा उम्मेदवारी दिएका थिए । प्रकाशमान तेस्रो र निधि चौथो स्थानमा रहँदै दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए। पछि देउवाले दुवैलाई मनोनित केन्द्रीय सदस्य बनाएका थिए।
कल्याण गुरुङ पनि फेरि मैदानमा
गत महाधिवेशनमा २२ मतसहित पाँचौं बनेका कल्याण गुरुङले पनि यसपटक फेरि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दोस्रो चरणको मतदानमा कल्याण पनि सभापतिमा देउवालाई सघाए । त्यसपटक पाँचौं स्थानको मत पाएका कल्याणले यसपटक पनि सभापतिमा उम्मदेवारी दिने बताएका छन् ।
गुरुङले यसपटक प्यानल सहित मैदानमा उत्रने बताउँदै भने, “अरूलाई समर्थन गर्न सक्दिनँ, बरु उहाँहरूले मलाई साथ दिएमा सहकार्य सम्भव छ।”
गुरुङले प्यानल बनाएर सभापति पदमा उठ्ने र केही दिनमा प्यानल सहित सार्वजनिक घोषणा गर्ने बताए ।
अघिल्लो महाधिवेशनमा प्यानल नबनाउनु आफ्नो गल्ति भएको गुरुङले बताए । सभापति पदको उम्मेदवार बन्न अन्य आकांक्षीलाई साथ आफूले दिन नसक्ने उनले बताए । गुरुङ भन्छन्, ‘मलाई उहाँहरुले साथ दिनुहुन्छ भने सहकार्य हुनसक्छ । अरुलाई समर्थन गर्न म सक्दिनँ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...
माघ १९ गते, २०८२ - १८:३४
काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतको संघीय बजेट आर्थिक वर्ष २०२६/२७ संसद्मा प्रस्तुत गर्दै नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (करीब १२...



प्रतिकृया लेख्नुहोस्: