सिरहा । घरेलु स्तरमा वन व्यवस्थापनलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको पारिवारिक निजी वन कार्यक्रमप्रति यहाँका किसान आकर्षित भएका छन् ।
निजी जग्गामा फलफूलयुक्त, व्यावसायिक काठका प्रजाति तथा बहुउपयोगी बोटबिरुवा रोपेर दीर्घकालीन आय–आर्जन वृद्धि गर्न सकिने सम्भावना देखिएपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
पारिवारिक निजी वन सङ्घ नेपाल सिरहाका अध्यक्ष रविन लामाका अनुसार जिल्लामा चुरे क्षेत्र भएर बग्ने बलान, बताहा र कमला गरी तीन वटा नदी प्रणालीअन्तर्गत २० वटा समिति निर्माण गरी किसानले बाँझो जमिनमा छिटो हुर्कने तथा धेरै आम्दानी प्राप्त विभिन्न २० प्रजातिका बिरुवा लगाउन थालेका छन् ।
आज लहानमा आयोजित एक कार्यक्रममा अध्यक्ष लामाले परिवारिक निजी वनको महत्व स्पष्ट पार्दै यसले कृषक परिवारलाई बर्सेनि स्थिर आय उपलब्ध गराउनुका साथै वातावरण संरक्षण, माटो कटान रोकथाम र जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उनले बताए ।
उनले भने, “गाउँगाउँमा सञ्चालन भइरहेको नर्सरी र वन कार्यालयको सहुलियतपूर्ण कार्यक्रमले किसानलाई सजिलै बिरुवा उपलब्ध गराइँदै आएको छ ।”
उनका अनुसार सिरहाको दक्षिणी क्षेत्र जहाँ सामुदायिक वनसँगको पहुँच टाढा छ, उक्त क्षेत्रका सङ्गठित किसानले यस्ता बोटबिरुवा रोपेर पाँच–दश वर्षभित्र काठ, सुपारी, बाँस, जडीबुटी तथा फलफूल बिक्रीबाट राम्रो आम्दानी गर्न सक्ने छन् ।
वन विशेषज्ञ तथा चुरे उत्थानशील आयोजना नेपालका उपप्रबन्धक विष्णुहरि पौड्यालले स्थानीय तहले पारिवारिक निजी वनसँग सम्बन्धित ऐन, प्राविधिक तालिम, अनुगमन तथा बजार व्यवस्थापनमा सहयोग बढाउनुपर्नेमा जोड दिए ।
उनले पारिवारिक निजी वनकर्तालाई नीतिगत प्रोत्साहन, मूल्य श्रृङ्खला विकास, वनजन्य उत्पादनको बजार पहुँच र प्रशोधन उद्योग विस्तार गरी ग्रामीण अर्थतन्त्रको आधार उकास्न सकिने धारणा राखे ।
पारिवारिक निजी वन सङ्घ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले पारिवारिक निजी वन विस्तार हुँदै जाँदा आयआर्जन मात्र नभएर वन दबाब न्यूनीकरण र हरियाली वृद्धि भएको बताए ।
लहान—३२ का वडाध्यक्ष बद्री यादवले बलान नदीले तटिए क्षेत्रमा ठूलो कटान गरिकाले उक्त नदी उकास क्षेत्रमा वृक्षरोपण गर्नुपर्ने आवश्यकता औँल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: