तुलसीपुर । तुलसीपुर मेट्रो कलेज कानून संकायका विद्यार्थीहरू नविन केसी लगायतले गाउँ–गाउँका विद्यालयमा पुगेर कानूनी ज्ञान बाँडिरहेका छन्। बालविवाह, बालअधिकार, लैंगिक हिंसा र अन्य विविध कानूनी विषयमा विद्यार्थीहरूसँग संवाद गर्दै उनीहरूले विद्यार्थीमा कानूनी साक्षरता बढाउने काम गरिरहेका छन्।
दंगिशरण गाउँपालिका अन्तर्गत मधुपुर माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूसँग कार्यक्रम सञ्चालन गर्दै केसीले कानूनी जानकारी पाउँदा विद्यार्थीहरूले खुसी भएको बताए।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विद्यार्थीहरूले कानूनी ज्ञान बाँड्न थालेका हुन्। कानून संकायका विद्यार्थी सविना रानाले भने, “कतिपय सामान्य कुरा नथाहा हुँदा विद्यार्थीहरू आफ्ना अधिकारबाट बञ्चित हुन्छन्। बालविवाह रोकथामका लागि कानूनी साक्षरता फैलाउनु महत्वपूर्ण छ।”
दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले विद्यार्थीहरूको पहलको प्रशंसा गर्दै कानूनको ज्ञान सबैका लागि अपरिहार्य भएकोमा जोड दिए।
तुलसीपुर उपमहानगरपालिका वडा नं. २ स्थित बालापुर माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरूले समान कार्यक्रम सञ्चालन गरेका छन्। विद्यार्थी आयुष उप्रेतीले भने, “कानूनले कसैलाई काखा र कसैलाई पाखा नगर्ने भएकाले यसको कार्यान्वयनमा सबैले जागरुक हुनुपर्छ।”
कलेज प्रमुख बसन्त आचार्यका अनुसार, विगतदेखि नै कलेजले विकट गाउँहरूमा कानूनी ज्ञान फैलाउन विद्यार्थी परिचालन गर्दै आएको छ। यस अवधिमा करिब १ दर्जन विद्यालयमा यस्तो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको जानकारी उनले दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: