सुनसरी । हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्तका रूपमा अंगीकार गर्ने घोषणा गरेको छ। मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासलाई आधार बनाएर ‘हर्कवाद’ प्रस्तुत गरेको हो।
अध्यक्ष साम्पाङका अनुसार श्रमदानलाई दिगो विकासको मुख्य आधार मान्दै नयाँ राजनीतिक मार्गचित्र तय गरिएको छ। जारी घोषणापत्रमा देशको समृद्धि श्रमदानबिनै सम्भव छैन भन्दै ‘हर्कवाद’लाई कार्यनीतिक सिद्धान्तका रूपमा स्थापित गरिएको उल्लेख छ।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने व्यवस्था प्रस्ताव गरेको छ। राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र फरक जातिका हुनुपर्ने सिद्धान्तमा गरिएको प्रावधानले समावेशीतालाई प्राथमिकता दिएको साम्पाङले बताए।
त्यस्तै सरकारले विज्ञहरूको समावेशी मन्त्रिपरिषद् बनाउने, सांसद मन्त्री बनेमा उनको सांसद पद निलम्बन गर्ने व्यवस्था लागू गरिने पनि सिद्धान्तमा समावेश छ।
संघीय संरचनामा संघमा दुई सदनात्मक प्रणाली र प्रदेशमा एक सदनात्मक व्यवस्था, स्वतन्त्र र निष्पक्ष न्यायपालिका कायम गर्ने प्रस्ताव सार्वजनिक गरिएको छ।
पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्दै प्रतिनिधिसभामा जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था ल्याउने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: