सुनसरी । हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्तका रूपमा अंगीकार गर्ने घोषणा गरेको छ। मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासलाई आधार बनाएर ‘हर्कवाद’ प्रस्तुत गरेको हो।
अध्यक्ष साम्पाङका अनुसार श्रमदानलाई दिगो विकासको मुख्य आधार मान्दै नयाँ राजनीतिक मार्गचित्र तय गरिएको छ। जारी घोषणापत्रमा देशको समृद्धि श्रमदानबिनै सम्भव छैन भन्दै ‘हर्कवाद’लाई कार्यनीतिक सिद्धान्तका रूपमा स्थापित गरिएको उल्लेख छ।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने व्यवस्था प्रस्ताव गरेको छ। राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र फरक जातिका हुनुपर्ने सिद्धान्तमा गरिएको प्रावधानले समावेशीतालाई प्राथमिकता दिएको साम्पाङले बताए।
त्यस्तै सरकारले विज्ञहरूको समावेशी मन्त्रिपरिषद् बनाउने, सांसद मन्त्री बनेमा उनको सांसद पद निलम्बन गर्ने व्यवस्था लागू गरिने पनि सिद्धान्तमा समावेश छ।
संघीय संरचनामा संघमा दुई सदनात्मक प्रणाली र प्रदेशमा एक सदनात्मक व्यवस्था, स्वतन्त्र र निष्पक्ष न्यायपालिका कायम गर्ने प्रस्ताव सार्वजनिक गरिएको छ।
पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्दै प्रतिनिधिसभामा जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था ल्याउने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: