Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

निर्वाचनका लागि मतपेटिका र मतपत्रकाे कागज मौज्दात, फागुन २१ का लागि खरिद आवश्यक छैन

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन २१ मा तय भए पनि निर्वाचन आयोगले मतपेटिका र मतपत्र छाप्ने कागज पर्याप्त मौज्दात भएकाले नयाँ खरिद आवश्यक नपर्ने जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनमा प्रयोग हुने कुल ५३ प्रकारका सामग्रीमध्ये १५ प्रकार आयोगले स्वयं व्यवस्थापन गर्नेछ भने बाँकी ३८ प्रकार सम्बन्धित जिल्ला र प्रदेश कार्यालयबाट मतदान केन्द्रमा पुर्याइनेछ। मतपेटिका र मतपत्रका लागि पर्याप्त कागज मौज्दात छ।

भट्टराईले भने, “कुनै पनि अपुग सामग्री भएमा मात्र खरिद गरिनेछ। दुर्गम जिल्लाहरूमा समेत स्रोत साधनको उचित व्यवस्थापन गरिने छ। बजेट अभावले निर्वाचन प्रभावित हुँदैन।”

आयोगले ऐन र नियमअनुसार सम्पूर्ण प्रक्रिया पूरा गर्दै फागुन २१ को निर्वाचन सम्पन्न गराउने तयारी गरिरहेको जनाएको छ।

राजनीतिक दल दर्ता प्रक्रिया मंसिर २० मा टुंगिनेछ। हाल १२० दलले दर्ता र एकल चुनाव चिन्हको लागि आवेदन दिएका छन्। आयोगले दलहरूको योग्यता जाँचेर समयमै स्वीकृति दिनेछ।

भट्टराईले मतदातालाई डररहित, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न आग्रह गर्दै समस्या देखिए तत्काल सूचित गर्न अनुरोध गरे। आयोगले विस्तृत कार्यतालिका बनाएर तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: