Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

नयाँ नेकपा : नेतृत्व मात्रै होइन, कार्यशैली र सन्देश पनि पुरानै

खबरडबली संवाददाता

काठमाडौं ।  एक दर्जन घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको नाम नयाँ लाग्छ । पार्टीको नाम नयाँ भए पनि यसको नेतृत्व, उनीहरूको कार्यशैली र सन्देशमा खासै नयाँपन केही देखिँदैन । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र साना घटक मिलाएर ठूलो आकारको पार्टी बनाउन खोजिएको छ ।

२०४८ देखि हालसम्म ‘क्रमभंग’ गर्दै आएका नेकपाका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनलगत्तै एक दर्जन दल र घटक मिलाएर कम्युनिस्ट पार्टी बनाइ आफैं प्रमुख बनेका छन् ।

तर नेकपाको नेतृत्वको अनुहार हेर्दा नयाँपन देखिँदैन । पार्टीको कार्यदिशाको भाषाशैली संशोधन भए पनि सार उस्तै छ । नाम नयाँ, रूप नयाँ भए पनि त्यसको सार नयाँ हुनेमा प्रश्न छ । पार्टीको संयोजक दाहाल आफैं ३६ वर्षदेखि पार्टीको नेतृत्वमा छन् । सहसंयोजक माधवकुमार नेपाल १५ वर्ष एमालेको महासचिव, ४ वर्ष एमालेबाट विभाजन भएपछि बनेको एकीकृत समाजवादीको अध्यक्ष भइसकेका छन् ।

तेस्रो वरीयतामा पूर्वएमाले अध्यक्ष झलनाथ खनाल, चौथो वरीयतामा एमाले पूर्वउपाध्यक्ष वामदेव गौतम छन् । यी चारवटै नेताले ७० वर्ष पार गरिसकेका छन् । यसरी हेर्दा नयाँ नेकपाको नेतृत्वमा उनै पुराना नेताहरूको हालीमुहाली छ । जेनजी आन्दोलनले सबै पार्टीमा नेतृत्व र कार्यशैलीमा रूपान्तरणको माग गरेको थियो तर पुराना दलहरूले त्यसलाई बिस्तारै बिर्संदै गएका छन् । पुरानै शैलीमा फर्कन थालिसकेका छन् । त्यसको पछिल्लो उदाहरण नेपाली कम्युनिस्ट पार्टी हो ।

कात्तिक १९ मा माओवादी, एकीकृत समाजवादी र अन्य घटकको एकतापछि नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको थियो । एमाले पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि अभियान कात्तिक २६ मा नेकपामा मिसियो । त्यसपछि सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णय भएअनुसार अहिले त्यो कार्यक्रम जारी छ ।

संयोजक दाहालले धनगढी, दाङ, पोखरा र विराटनगरमा भएका प्रदेशस्तरीय ‘सन्देश’ सभामा आफू बदलिएर आएको दाबी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत १५ घटक मिलेर नयाँ दल बनाई जेनजी आन्दोलनको भावनाअनुसार कार्यशैली, व्यवहार, विचार रूपान्तरण गरेर आएको उनको भनाइ छ । तर धनगढी, दाङ, पोखरा र विराटनगरमा भएका सभाको मञ्चलाई मात्र हेर्‍यो भने अनुहार, बोली, शैली र सन्देशमा नवीनता केही देखिँदैन ।

वाम एकताको सन्देश दिन भएका सभाका मञ्चहरूमा विगत दुई दशकदेखि देखिँदै आएका नेताहरूको बाहुल्य छ । दाहाल, नेपाल, खनाल, गौतम मात्रै होइन, नारायणकाजी श्रेष्ठ र भीम रावल जस्ता उमेर छिप्पिदै गएका नेताहरूले मञ्च भरिएको देखिन्छ ।


आशन ग्रहण, नेताको गलामा लगाएको माला, उनीहरूले दिने भाषणमा कुनै नयाँ सन्देश देखिँदैन । नेताहरूले गर्ने भाषणमा ‘जेनजी आन्दोलन’ शब्द जोड्ने बाहेक अरु पुरानै शैली छ । संयोजक दाहालचाहिँ आफ्नो भाषणमा अरु वक्ताभन्दा मसला थपेर रङ भर्ने क्षमता राख्छन् ।

सहसंयोजक नेपाल आफूमाथि काभ्रेको पतञ्जली जग्गा प्रकणमा मुद्दा लागे पनि वास्ता नगरी आफूलाई इमान्दार छवि भएको नेताका रूपमा प्रस्तुत गर्छन् । उनले आफ्ना हरेक भाषणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुङ्छन्, व्यंग्य गर्छन् । अर्का नेता खनालको ‘मार्क्सवाद’ को व्याख्या गर्ने परम्परागत शैली उस्तै छ । नेता गौतमले सभामा जोश भर्ने कोसिस गरे पनि सहभागीले पत्याएका छैनन् । किनकि, यी सबै नेता पटक–पटक परीक्षण भइसकेका छन् ।

संयोजक दाहाल, सहसंयोजक नेपाल धनगढी, दाङ, पोखरा र विराटनगरका कार्यक्रममा पुरानै शैलीमा प्रस्तुत भए । जेनजी आन्दोलनपछि पुराना दलहरूमाथि प्रश्नैप्रश्न भए पनि दाहाल, नेपाललगायत नेताहरूले ‘आफ्नो दल र आफू नै सही’ भएको जिकिर गरे । सोमबार विराटनगरको सभामा दाहालले वाम एकताले मात्र चुनौती सामना गर्न नसकिने बताए । 

‘कम्युनिस्ट र वामपन्थी मात्रै मिलेर देशका सबै चुनौती हल हुन्छन् भन्नु मूर्खता हुन सक्छ,’ दाहालले भने, ‘लोकतन्त्रवादी, प्रगतिशील सबै शक्तिले हातेमालो गरे मात्रै राष्ट्रको संकट समाधान हुन्छ ।’ उनले एमाले अध्यक्ष ओलीबाहेक अरुसँग एकता हुने पत्रकारहरूसँग बताए । ‘केपी ओलीबाहेक सबै समेटिन्छन्,’ उनले भने ।

आइतबार पोखराको सभामा प्रमुख नेताहरूको गलामा दूबोको माला थियो । मञ्चमा उनै पुराना चिरपरिचित अनुहार थिए । दुलाहजस्तै माला लगाएर पोखरामा दाहालले नेकपा राष्ट्रिय शक्ति बन्ने दाबी गरे । ‘राष्ट्रिय शक्ति निर्माणको सभा हो,’ उनले ओलीको आलोचना गर्दै भने, ‘केपी ओलीको हावादारी, दम्भी प्रवृत्तिमाथि ढिलोचाँडो विजय हासिल गर्नेछन् । बृहत् वाम एकता त्यही बिन्दुबाट अघि बढ्नेछ ।’

लोकतन्त्रवादीहरूसँग पनि मोर्चा बनाएर अघि जाने उनको भनाइ थियो । ‘नेपाली कांग्रेससित पनि संवादमा छौं । बिस्तारै मधेशमा देखिरहनु भएको होला । लोकतन्त्रको रक्षा गर्न संवाद गरिरहेका छौं,’ उनले भने ।आइतबार दाङ लमहीमा भएको सभामा दाहालले आत्मालोचनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्ति गरे ।

‘विकास निर्माणमा कहाँ चुक्यौं, जनताका समस्या समाधान गर्न कहाँ कमजोरी भए ? यस्ता कुरा खोतल्ने, सच्याउने र आत्मालोचना गर्ने सभा पनि हो यो,’ उनले भने, ‘यो एकता चुनाव जित्नका लागि नभई राष्ट्रको रक्षा, जनताको स्वतन्त्रता, विदेशी हस्तक्षेप अन्त्य गर्नका लागि भएको हो ।’

अहिले जस्तो संकट देशमा कहिल्यै नआएकाले समीक्षा गर्नुपर्ने दाहालले बताए । ‘भदौ २४ गतेको विध्वंश हामीले देख्यौं, त्यसले सार्वभौमसत्ता सम्पन्न नागरिक र राज्य संयन्त्र यति कमजोर भएको हो ? ती सबै विध्वंश जोगाउन नसक्ने अवस्थामा राज्य रहेको हो ?’ दाहालको प्रतिबद्धता थियो, ‘यो निकै असाधारण परिस्थिति हो । यसबाट सिकेर हामी आफैँ बदलिएर जनताका निम्ति जस्तोसुकै बलिदान गर्न संकल्प लिएर अगाडि आएका छौं ।’

शनिबार धनगढीको सन्देश सभालाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक नेपालले सबै नेता उस्तै नभएको दाबी गरे । ‘सबै नेता उस्तै होइनन् । राम्रा पनि छन् । नराम्रा पनि छन् । यस धर्तीमा भ्रष्ट पनि छन् । इमान्दार पनि छन् । सबै उस्तै छैनन्,’ उनले एमाले अध्यक्ष ओलीप्रति व्यंग्य गरे, ‘कुरा सुन्यो कि पोल्यो भन्ने पनि छन् । आफ्नो मात्र प्रशंसा गर्ने पनि छन् ।’

नेपालले नेकपाले जेनजी पुस्तालाई सही दिशा दिन भूमिका खेलेको उल्लेख गर्दै संविधानको रक्षा गर्ने भूमिका खेल्न दाहाल र आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताए । ‘जेनजी पुस्तालाई सकारात्मक दिशातिर जान उत्प्रेरणाको भूमिका खेलेका छौं । राष्ट्रपति निवासमा प्रचण्ड र म राति नौ बजेदेखि बिहान ४ बजेसम्म बस्यौं । अरु पार्टीका नेताहरूको अत्तोपत्तो भएन,’ उनको भनाइ थियो ।

नेकपाले एकता सन्देश सभासँगै चुनावी अभियान अघि बढाएको छ । सभामा नेताहरूले तोकिएकै समयमा चुनाव हुनुपर्ने बताएका छन् । चुनावी सभाकै रूपमा उनीहरूले सातै प्रदेशमा कार्यक्रम गरेका छन् ।

नेकपाले मंसिर १७ मा उपत्यका विशेष प्रदेशको काठमाडौं, १८ मा कर्णालीको सुर्खेत, १९ मा संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौं, २० मा मधेश प्रदेशको जनकपुर, २१ गते प्रवास समितिको भर्चुअल र २३ गते बागमतीको हेटौंडामा सभा गर्ने तय भएको छ ।

नेकपाका नेता लेखनाथ न्यौपानेले दलहरू जनतासमक्ष जानु सकरात्मक भए पनि जेनजी आन्दोलनपछि दिनुपर्ने सन्देशलाई ध्यान दिनुपर्ने बताए । ‘दल र नेताहरू जनतासमक्ष जानु राम्रो हो । तर के सन्देश, कस्तो अनुहार लिएर जाने भन्ने मुख्य प्रश्न हो,’ उनले भने, ‘सभामा देखिने शैली, सन्देश र संकल्पमा खास नयाँपन केही देखिँदैन ।’

नेकपा संयुक्तका कार्यवाहक महासचिव घनश्याम भुसालले पुराना दलका पुरानै नेताको शैली, स्वभावमा कुनै परिवर्तन नआएको उल्लेख गर्दै जेनजी पुस्तालाई समेट्ने बहाना गरेको टिप्पणी गरे । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: