काठमाडौँ । नेपाली कांगे्रसको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएकामा विशेष महाधिवेशन पक्षधरले सकारात्मक उपलब्धिका रूपमा लिँदै विशेष महाधिवेशन रोक्नमात्र यस्तो गरिएको हो भन्ने नबनाउन आग्रह गरेको छ ।
“विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरको दबावस्वरूप यो घोषणा विशेष महाधिवेशनलाई निस्तेज पार्न गरिएको हो ? वा वास्तवमा महाधिवेशन गर्न खोजिएको हो ? समय क्रमले जवाफ दिने छ”, विशेष महाधिवेशन पक्षधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसका दुई हजार ४८८ जना (कूल महाधिवेशन प्रतिनिधिको ५४ दशमलव आठ प्रतिशत) ले गत असोज २९ गते पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै लिखित कारण र हस्ताक्षरसहित निवेदन दर्ता गराएपछि केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यो निवेदन केवल दबाबको अस्त्र मात्र नभई समयमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय समितिको वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सदस्यको निर्वाचनअघि कांग्रेसको महाधिवेशन सम्पन्न गर्नु संवैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उल्लेख गर्दै वक्तव्यमा केन्द्रीय समितिले प्रस्ताव गरेको आगामी पुस २६–२८ को महाधिवेशन मिति पूर्वपार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमा अव्यावहारिक र अवैज्ञानिक देखिएको हस्ताक्षरकर्ताको नेतृत्व गरेका कांग्रेस नेता गुरुराज घिमिरेले बताए।
कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका श्रृङ्खलाहरू अवरूद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित रहनुका साथै विधानबमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य रहेको उनले बताए।
आगामी पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्यसमेत प्रष्ट नभएको हस्ताक्षरकर्ताको भनाइ छ । यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ ।
एकजुट भएर १५औँ महाधिवेशनलाई समयमा सम्पन्न गर्न सक्रियतापूर्वक सहभागी हुन पनि विशेष महाधिवेशन पक्षधर नेताहरूले समर्थक एवं शुभेच्छुकमा आग्रह गरेका छन् । यदि उक्त समयमा महाधिवेशन सम्पन्न नभएमा विशेष महाधिवेशनका लागि तयार रहनसमेत उहाँहरूले हार्दिकतापूर्वक आह्वान गरेका हुन् ।
१५औँ महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताको हस्ताक्षरको परिणाम भएकाले घिमिरेले सबै हस्ताक्षरकर्तालाई आभार प्रकट गरे। पार्टीको समग्र सुधार, रुपान्तरण र पुनर्गठनका लागि सबैको साथ र समर्थन सधैँ रहिरहने विश्वास पनि उनले व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: