काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरूले पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका छन् । कांग्रेसका २६ जिल्ला सभापति र एक प्रदेश सभापतिले आइतबार संयुक्त विज्ञप्ति जारी गरी पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका हुन् ।
ऐतिहासिक, लोकतान्त्रिक र जिम्मेवार पार्टी कांग्रेसले डेढ महिनासम्म केन्द्रीय कार्यसमितिको बैठकमार्फत महाधिवेशनको कार्यतालिका तोक्न नसक्नु दुःखद भएको बताउँदै उनीहरूले असोज २९ गते दर्ता गरेको विशेष महाधिवेशनको मागलाई टार्ने प्रयत्न भइरहेको भन्दै आपत्तिसमेत जनाएका छन् ।
“ऐतिहासिक, लोकतान्त्रिक र जिम्मेवार पार्टी यस्तो संवेदनशील समयमा दूत गतिमा निष्कर्षमा पुगेर अरूलाई समेत दिशानिर्देश गर्दै नयाँ ऊर्जाका साथ निर्वाचनको तयारीमा लाग्नुपर्नेमा महिनाँैसम्म आफ्नै महाधिवेशनका सन्दर्भमा अनिर्णयको बन्दी बन्नु अत्यन्त दुःखद विषय हो”, विज्ञप्तिमा भनिएको छ ।
पार्टीको महाधिवेशनको सम्भावनाको ढोका बन्द गर्ने गलत मनसायका साथ अनावश्यक रुपमा बैठक लम्ब्याउँदै गएको अरोप लगाइएको छ ।
फागुन २१ का लागि घोषित आम निर्वाचनमा नेपाली कांग्रेस नयाँ नेतृत्व र नीतिसहित नवीन ऊर्जा लिएर जानुपर्ने पक्षधरको माग छ । हस्ताक्षर गर्नेमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नवलपुरका सभापति महेन्द्रध्वज जिसी, बैतडीका सभापति चतुरबहादुर चन्द, अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, धनकुटाका सभापति दिनेश राई, भोजपुरका सभापति विनोद वान्तवा र तेह्रथुमका सभापति अर्जुन तुम्बाहाम्फे छन् ।
यस्तै, हस्ताक्षर गर्नेमा सुनसरीका सभापति केदार भण्डारी, उदयपुरका सभापति हिमाल कार्की, सप्तरीका सभापति रामदेव शाह, रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, काठमाडौँका सभापति सबुज बानियाँ, ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा लगायत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: