काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरूले पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका छन् । कांग्रेसका २६ जिल्ला सभापति र एक प्रदेश सभापतिले आइतबार संयुक्त विज्ञप्ति जारी गरी पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका हुन् ।
ऐतिहासिक, लोकतान्त्रिक र जिम्मेवार पार्टी कांग्रेसले डेढ महिनासम्म केन्द्रीय कार्यसमितिको बैठकमार्फत महाधिवेशनको कार्यतालिका तोक्न नसक्नु दुःखद भएको बताउँदै उनीहरूले असोज २९ गते दर्ता गरेको विशेष महाधिवेशनको मागलाई टार्ने प्रयत्न भइरहेको भन्दै आपत्तिसमेत जनाएका छन् ।
“ऐतिहासिक, लोकतान्त्रिक र जिम्मेवार पार्टी यस्तो संवेदनशील समयमा दूत गतिमा निष्कर्षमा पुगेर अरूलाई समेत दिशानिर्देश गर्दै नयाँ ऊर्जाका साथ निर्वाचनको तयारीमा लाग्नुपर्नेमा महिनाँैसम्म आफ्नै महाधिवेशनका सन्दर्भमा अनिर्णयको बन्दी बन्नु अत्यन्त दुःखद विषय हो”, विज्ञप्तिमा भनिएको छ ।
पार्टीको महाधिवेशनको सम्भावनाको ढोका बन्द गर्ने गलत मनसायका साथ अनावश्यक रुपमा बैठक लम्ब्याउँदै गएको अरोप लगाइएको छ ।
फागुन २१ का लागि घोषित आम निर्वाचनमा नेपाली कांग्रेस नयाँ नेतृत्व र नीतिसहित नवीन ऊर्जा लिएर जानुपर्ने पक्षधरको माग छ । हस्ताक्षर गर्नेमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नवलपुरका सभापति महेन्द्रध्वज जिसी, बैतडीका सभापति चतुरबहादुर चन्द, अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, धनकुटाका सभापति दिनेश राई, भोजपुरका सभापति विनोद वान्तवा र तेह्रथुमका सभापति अर्जुन तुम्बाहाम्फे छन् ।
यस्तै, हस्ताक्षर गर्नेमा सुनसरीका सभापति केदार भण्डारी, उदयपुरका सभापति हिमाल कार्की, सप्तरीका सभापति रामदेव शाह, रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, काठमाडौँका सभापति सबुज बानियाँ, ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा लगायत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - ०९:२१
काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...
चैत्र १० गते, २०८२ - ०९:१५
रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...
चैत्र १० गते, २०८२ - ०९:१२
काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...
चैत्र १० गते, २०८२ - ०९:०८
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...
चैत्र १० गते, २०८२ - ०८:११
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...
चैत्र १० गते, २०८२ - ०७:५६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...
चैत्र १० गते, २०८२ - ०७:५१
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
चैत्र १० गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...
चैत्र १० गते, २०८२ - ०७:४६
डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब...
चैत्र १० गते, २०८२ - ०७:४२
मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...


प्रतिकृया लेख्नुहोस्: