काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक नगर बनेपाबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म बस सेवा सञ्चालन गरेपछि यात्रुलाई सहज भएको छ । योसँगै बनेपाबाट हेटौँडासम्म जानका लागि विभिन्न मार्ग हुँदै घुमाउँरो सडकबाट जानुपर्ने बाध्यता हटेको छ ।
जिल्लावासीको मागलाई ध्यानमा राखी काभ्रे-पुन्यवती यातायात प्रालि पनौतीले यही मङ्सिर १ गतेदेखि बस सेवा सञ्चालन गरेको हो । बनेपा-हेटौँडा करिब एक सय १० किलोमिटर लम्बाइको दूरीमा अधिकांश सडक कच्ची छन् । यो सेवा प्रभावकारी देखिएपछि बस थप्ने योजना बनाइएको प्रालिले जनाएको छ ।
स्थानीयवासीको माग र वडा कार्यालयको सिफारिसपछि सञ्चालनमा आएको उक्त क्यूबसले बनेपाबाट पनौती हुँदै धुङ्खर्क, च्याम्य्राङबेँसी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतिनी, साइटार, फापरवारी, हात्तीसड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौँडासम्म नियमित सेवा दिँदै आएको बेथानचोक गाउँपालिका(१ का वडाध्यक्ष मधुसूदन तिमल्सिनाले जानकारी दिनुभयो ।
उक्त यातायात प्रालिलाई पत्र पठाएर बस सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरेपछि बनेपा-हेटौँडा सेवा सञ्चालनमा ल्याइएको हो । प्रालिले सेवाको आवश्यकता र प्रभावकारिता हेर्दै आगामी पुसदेखि बस थप्ने योजना बनाएको छ”, उनले भने।
वडाध्यक्ष तिमल्सिनाका अनुसार बागमती प्रदेशअन्तर्गतको चितवनस्थित नारायणी यातायात सेवाले समेत बनेपा ९ हेटौँडा खण्डमा थप बस सेवा सञ्चालन गर्न प्रक्रिया थालेको छ । जिल्लाका जनप्रतिनिधिले सम्बन्धित निकायलाई उक्त खण्डमा अनुमति दिनेलगायत आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गर्दै आएका छन् ।
यसैबीच, बस सेवा सञ्चालन गरेसँगै प्रदेश राजधानीमा कार्यालय, व्यापारिक तथा व्यक्तिगत कामका लागि यात्रा गर्न सहज भएको स्थानीय बताउँछन् । च्याम्राङबेँसीलाई केन्द्र मानेर सञ्चालनमा आएको यो बस सेवाले काभ्रेपलाञ्चोक र हेटौंँडाबीचको आवतजावत सहज बनाएको च्याम्य्राङ्बेँसीका सन्तोष दाहालले बताए।
उनले भने, “यसअघि, च्याम्य्राङ्बेँसीबाट हेटौँडा जान चार वटासम्म यातायात फेर्नुपर्ने बाध्यता थियो । यसले समय र खर्च पनि बढी लाग्थ्यो । अहिले बससेवा सञ्चालनपछि आवागमन सहज हुनुका साथै समय र खर्चको बचत भएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: