Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनए दुई पक्षबीच एकता, २०२६ अप्रिलभित्र महाधिवेशन गर्ने

खबरडबली संवाददाता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई पक्षबीच लामो समयदेखि चल्दै आएको विवाद अन्त्य गर्दै आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर गरिएको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा। बद्री केसीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

पछिल्ला वर्षहरूमा एनआरएनए दुई छुट्टाछुट्टै नेतृत्व—महेश श्रेष्ठ र डा। बद्री केसी—मार्फत सञ्चालन हुँदै आएको थियो। बदलिएको राजनीतिक परिस्थितिमा दुवै पक्ष १० बुँदे सहमतिको आधारमा एकताबद्ध हुन तयार भएका हुन्।

सहमति अनुसार १२औं महाधिवेशन १७ अप्रिल २०२६ अघि सम्पन्न गरिनेछ। केसी नेतृत्वको कार्यसमिति एकता महाधिवेशनका लागि श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ।

महाधिवेशनलाई पारदर्शी र विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ समिति गठन गर्ने सहमति पनि छ। उक्त समितिका सदस्यहरू आगामी महाधिवेशनमा उम्मेदवार नहुने व्यवस्था गरिएको छ।

एक नेताका अनुसार, “लामो समयको प्रयासपछि एकता सम्भव भएको हो। अहिले विश्वभरका एनआरएनको नेतृत्व महेश श्रेष्ठले गर्नुहुनेछ,” भन्दै प्रधानमन्त्री निवास बालुवाटारमै एकताको औपचारिक घोषणा गरिएको जानकारी दिए।

यसअघि एनआरएनए नेतृत्वको वैधानिकता लगायतका मुद्दा अदालतमा रहेकाले दुवै पक्षले ती मुद्दा फिर्ता लिने सहमति पनि गरेका छन्।

१० बुँदे सहमति परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको हो, जसलाई मन्त्रालयमै अभिलेख गर्ने उल्लेख छ। कुनै विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयको समन्वयमा समाधान गर्ने तथा सहमतिको सबै बुँदालाई १२औं महाधिवेशनबाट अनुमोदन गराउने व्यवस्था पनि छ।

सहमतिको पहिलो बुँदामा २०२३ अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित डा। बद्री केसी नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने उल्लेख छ। त्यस्तै २०२५ मेमा आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई पनि मान्यता दिइएको छ।

दोस्रो बुँदामा १२औं महाधिवेशन १७ अप्रिल २०२६ सम्म सम्पन्न गर्ने र श्रेष्ठ नेतृत्वको समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने उल्लेख छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दललाई निवेदन दिन आह्वान

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...

तत्कालीन सिडिओ छवि रिजालको दुई दिनदेखि बयान लिदै छानबिन आयोग

काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...

तनहुँमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई घाइते

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...

अत्यधिक चिसोको कारण योजना निर्माण कार्य बन्द

हुम्ला। उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाक...

चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आजै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रि...

साहब आलमको ६ विकेटले काठमाण्डु गोर्खाज प्लेअफमा पुग्यो, पोखराको सम्भावना कमजोर

काठमाडौं । साहब आलमको उत्कृष्ट बलिङ प्रदर्शनसहित काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त...

ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको छ : प्रधनमन्त्री कार्की (सम्बोधनको पुर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको बताएको छिन् । ज्यापु संस्कृत विकास कोषले काठमाडौँको वसन्तपुर...

राष्ट्रिय ज्यापु दिवस समारोहमा प्रधानमन्त्री कार्की सहभागी

काठमाडौँ। प्रधानमन्त्री  सुशीला कार्की योमरी पूर्णिमाको अवसरमा वसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी भएको छिन् । ज्यापु संस्कृत विका...

दमकमा एक बृद्धको बाटोमा लडेर मृत्यु

दमक। झापाको दमकमा एक बृद्धको हिँड्दै गर्दा बाटोमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार साँझ दमक ५ क्याम्पस मोडमा हिडिरहेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending