काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई पक्षबीच लामो समयदेखि चल्दै आएको विवाद अन्त्य गर्दै आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर गरिएको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा। बद्री केसीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
पछिल्ला वर्षहरूमा एनआरएनए दुई छुट्टाछुट्टै नेतृत्व—महेश श्रेष्ठ र डा। बद्री केसी—मार्फत सञ्चालन हुँदै आएको थियो। बदलिएको राजनीतिक परिस्थितिमा दुवै पक्ष १० बुँदे सहमतिको आधारमा एकताबद्ध हुन तयार भएका हुन्।
सहमति अनुसार १२औं महाधिवेशन १७ अप्रिल २०२६ अघि सम्पन्न गरिनेछ। केसी नेतृत्वको कार्यसमिति एकता महाधिवेशनका लागि श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ।
महाधिवेशनलाई पारदर्शी र विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ समिति गठन गर्ने सहमति पनि छ। उक्त समितिका सदस्यहरू आगामी महाधिवेशनमा उम्मेदवार नहुने व्यवस्था गरिएको छ।
एक नेताका अनुसार, “लामो समयको प्रयासपछि एकता सम्भव भएको हो। अहिले विश्वभरका एनआरएनको नेतृत्व महेश श्रेष्ठले गर्नुहुनेछ,” भन्दै प्रधानमन्त्री निवास बालुवाटारमै एकताको औपचारिक घोषणा गरिएको जानकारी दिए।
यसअघि एनआरएनए नेतृत्वको वैधानिकता लगायतका मुद्दा अदालतमा रहेकाले दुवै पक्षले ती मुद्दा फिर्ता लिने सहमति पनि गरेका छन्।
१० बुँदे सहमति परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको हो, जसलाई मन्त्रालयमै अभिलेख गर्ने उल्लेख छ। कुनै विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयको समन्वयमा समाधान गर्ने तथा सहमतिको सबै बुँदालाई १२औं महाधिवेशनबाट अनुमोदन गराउने व्यवस्था पनि छ।
सहमतिको पहिलो बुँदामा २०२३ अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित डा। बद्री केसी नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने उल्लेख छ। त्यस्तै २०२५ मेमा आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई पनि मान्यता दिइएको छ।
दोस्रो बुँदामा १२औं महाधिवेशन १७ अप्रिल २०२६ सम्म सम्पन्न गर्ने र श्रेष्ठ नेतृत्वको समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १६:५७
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...
श्रावण २९ गते, २०८३ - १६:४९
कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...
श्रावण २९ गते, २०८३ - १६:४३
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...
श्रावण २९ गते, २०८३ - १६:१०
काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...
श्रावण २९ गते, २०८३ - १५:५७
काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...
श्रावण २९ गते, २०८३ - १५:१८
कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...
श्रावण २९ गते, २०८३ - १५:०२
कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन
श्रावण २९ गते, २०८३ - १४:४८
काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...
श्रावण २९ गते, २०८३ - १४:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...
श्रावण २९ गते, २०८३ - १३:४९
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्...



प्रतिकृया लेख्नुहोस्: