Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

केन्द्रीय समितिमा ओलीलाई धेरै सहज, प्रतिनिधि ध्रुवीकरणको पर्खाइमा पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । ११औँ महाधिवेशनको प्रतिनिधि छनोटसँगै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी र प्रदेश अध्यक्षहरू क्रमश: अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहमा ध्रुवीकृत हुँदै गएका छन् । अहिलेसम्मको अवस्थामा केन्द्रको गणितमा ओलीलाई सहज देखिए पनि पोखरेल थप ध्रुवीकरणको पर्खाइमा छन् । 

२७ देखि २९ मंसिरमा काठमाडौंमा हुन लागेको महाधिवेशनकेन्द्रित ध्रुवीकरणकै बिच पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मका नेता खुल्दै गएका छन् । ३५४ जनाको मौजुदा केन्द्रीय कमिटीमा ओलीको पक्षमा १२ पदाधिकारीसहित २९३ सदस्य खुलिसकेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा ६ पदाधिकारीसहित ४३ जना केन्द्रीय सदस्य खुलेका छन् ।

१२ जना केन्द्रीय सदस्य दुवैतिर सम्पर्कमा छन्, उनीहरू केही दिनभित्रै नेतृत्वका सन्दर्भमा स्पष्ट रूपमा धारणा बनाउने पक्षमा छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पक्षमा वकालत गरेका आधा दर्जन सदस्यले पनि ओलीलाई नै समर्थन गर्ने जनाउ दिएका छन् । 

चारजना केन्द्रीय सदस्यमध्ये डा. शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियाको राजदूत भएर राजीनामा दिइसकेकी छिन् भने रुपन्देहीका कमल गौतमको मृत्यु भएको छ । त्यस्तै, वसन्त नेम्वाङले बिदा लिएका छन् भने प्रकाश शाह केही दिनअघि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । 

महाधिवेशन तयारी प्रचार समितिकी प्रमुख पद्मा अर्यालले देश विषम परिस्थितिमा रहेका वेला देश र पार्टी दुवैलाई जोगाउन अहिले केपी ओलीको विकल्प खोज्न नहुने बताइन् । ‘यो विषम परिस्थितिमा उहाँको कुनै विकल्प छैन, अबको महाधिवेशनबाट नेतृत्वमा ओलीको विकल्प ओली नै हो, उहाँलाई सर्वसम्मत बनाउनु उपयुक्त हुन्छ,’ ओलीनिकट मानिने उनले भनिन् ।

यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको सन्दर्भमा मौन बसेका कैयौँ केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्ष पोखरेललाई अध्यक्ष बनाउने पक्षमा खुल्दै जाने बताए । ‘प्रतिनिधि छनोट सकिएपछि केन्द्रीय कमिटीका लागि आकांक्षीहरू आफ्नो स्वार्थअनुसार खुल्नेछन्, त्यतिवेला मात्र ध्रुवीकरण पनि मूर्त हुन सक्छ,’ ज्ञवालीले भने । 

ओलीको पक्षमा खुलिरहेका नेता–कार्यकर्ताले ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ नारासहितको पोस्टर बनाएर प्रचार थालेका छन् । पोखरेल पक्षघरले ‘आवेग, प्रतिशोध र अहंकारले बच्दैन देश र पार्टीको अस्तित्व, विवेक, सहकार्य र सामूहिकताका लागि ईश्वर पोखरेलको नेतृत्व’को नारा राखेर प्रचारात्मक पोस्टर बनाएका छन् ।

प्रतिनिधि छनोट सकिएसँगै केन्द्रीय नेताहरूको ध्रुवीकरणले थप आकार लिने दुवैतर्फका नेताहरू बताउँछन् । त्यसपछि अध्यक्षका आकांक्षी ओली र पोखरेलमाथि पदाधिकारी र आकांक्षी केन्द्रीय सदस्यको सूची निर्माणमाथि दबाब पर्दै जाने नेता–कार्यकर्ता बताउँछन् । 

यसैबिच, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पक्षमा अडान राख्दै आएका केही केन्द्रीय सदस्य आसन्न महाधिवेशनबाट पनि ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिन थालेका छन् । पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उभिएकी स्थायी समिति सदस्य थममाया थापा, काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्य, प्रभा बराल, कृष्ण थापासहित केही केन्द्रीय सदस्य ओलीलाई अध्यक्ष बनाउने गरी खुलेका हुन् । 

भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समर्थन गरेकी छिन् । उता, भण्डारीको पक्षमै खुलेका बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल पनि ओलीलाई नै अध्यक्ष बनाउने पक्षमा उभिएका छन् । सात प्रदेश अध्यक्ष र सम्पर्क समन्वय विशेष कमिटीसहित आठ प्रदेश अध्यक्ष कोही पनि पोखरेलको पक्षमा उभिएका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending