Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

मलेसियालाई हराउँदै नेपाल यु–१९ प्रिमियर कपको फाइनलमा

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसीसी यु–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ । 

मलेसियाले दिएको ५२ रनको सामान्य लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि भन्स क्षेत्री २७ बलमा सर्वाधिक २३ रन  बनाए । यस्तै, निश्चल खत्रीले १८ बलमा १५ रन बनाउँदा ओपनर निरजकुमार यादव चार रनमा आउट भए। 

यसअघि युएईको अजमनमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १७‍।२ ओभरमा सबै विकेटको क्षतिमा ५१ रन बनाएको थियो । मलेसियाको लागि हम्जाह पङ्गगीले २० बलमा सर्वाधिक १३ रन बनाए। यस्तै, मोहमद फतुलले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले रन बनाउन सकेनन् ।

मलेसियालाई कम स्कोरमा रोक्न नेपालका नितिश कुमार पटेलले सर्वाधिक चार विकेट लिए। चन्दन रामले तीन तथा कप्तान अशोक धामी, अपराजित पौडेल र रोसन विश्वकर्माले समान एक विकेट लिए। नेपालले अब उपाधिको लागि सोमबार ओमान र युएईबिचको विजेतासँग खेल्नेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक ...

विराटनगरमा एक अर्बको लगानीमा सलाइन उद्योग सुरु

विराटनगर। कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ ।  एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘ए...

बाँकेमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

नेपालगन्ज। बाँके जिल्लाको कोहलपुर-१५, अक्कलघरवामा मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा शनिबार भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएक...

जेनजी घाइतेलाई नि:शुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई नि:शुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्र...

अविश्वासबिच इस्लामाबादमा अमेरिका-इरान वार्ता

इस्लामाबाद। मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका-इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबिच पाकिस्तानको राजधानी इस...

उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्छ: अर्थसचिव उपाध्याय

खजुरा । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्ने बताएको छन् । अर्थ मन्त्र...

स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्ति विवाद, जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकसँग स्पष्टीकरण मागियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादास्पद नियुक्ति प्रकरणमा दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग गरेको ...

चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

ह्युस्टन। आधा शताब्दीपछि मानवलाई पुन: चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र...

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष...

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending